काठमाडौं– पछिल्ला केही दिनयता काठमाडौं महानगरपालिका अनधिकृत संरचना हटाउन आक्रामक रूपमा अघि बढेको छ।
यसैक्रममा काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहसहितको टोली सोमबार सुरज आर्केड पुगेका छन्।
पार्किङको लागि भनेर नक्सा स्वीकृति लिएको स्थानमा अन्य संरचना बनाएको भन्दै महानगरले उक्त संरचना हटाउन लागेको हो।
इन्द्रचोक नजिकै रहेको सुरज आर्केडको पार्किङमा व्यवसाय सञ्चालन भइरहेको थियो।
महानगरले आइतबार भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि (सब वे) बनेको अवैध संरचना हटाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।