दाङ - निरन्तरको वर्षाका कारण दाङको सात तले भन्ने स्थानमा पहिरो खसेपछि राप्ती राजमार्ग फेरि अवरुद्ध भएको छ।
दाङ-सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर-३ सात तलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए।
बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडक पूणर्रुपमा ठप्प भएको छ। वर्षा निरन्तरत भइरहेकोले पहिरो हटाउन समस्या भएको र वर्षा रोकिएपछि पहिरो पन्छाउने उनको भनाइ छ।
पहिरो निरन्तर झरिरहेको हुँदा सल्यानको कपुरकोटमै र दाङको तुलसीपुरमै सवारी रोकिएका छन्। निर्माणाधीन दाङ सल्यान सडक वर्षाको समयमा सधैँ अवरुद्ध हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।