• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

डाक्टरको चिन्ता : यस्तै अवस्था रहे डाक्टरहरु बेरोजगार हुन्छन्

रिखिराम जिसी  सोमबार, भदौ १३, २०७९  १०:३०
1140x725

पोखरा– 'तेल यतिमा किन्छौँ, यतिमा बेच भन्छौँ। कालोबजारी भन्छौँ। राज्यले ट्युसन फि तोक्ने तर डाक्टरको फि नतोक्ने, डाक्टरको तलब नतोक्ने यो अजीव व्यापार छ। यो व्यापार कहिलेसम्म सहने?' डा. अनिल कुमार कार्कीले प्रश्न उठाए। 

उनी पोखरामा आइतबार कांग्रेस निकट प्रजातन्त्रवादी चिकित्सक संघको गण्डकी प्रदेश अधिवेशनमा बोल्दै थिए। संघका केन्द्रीय अध्यक्ष डा. कार्कीले प्रश्नमात्र उठाएनन्, ४६ सालपछि सरकारमा कांग्रेस रहँदा पनि राज्यको हेर्ने नीति फरक नभएको आरोपसमेत लगाए। 

‘डाक्टर पढ्न ६० लाख खर्च लाग्छ, ६६ महिना पढ्नुपर्छ तर राज्यले कति तलब दिन्छ? ४२ हजार रुपैयाँ! नेपाल सरकारको आजको तलब, कराउँदा कराउँदा हाम्रै उमेर बढेसकाल तिर ढल्कदैँछ, हाम्रा अग्रज बुढा भइसके तर हामीलाई राज्यको हेर्ने नीति फरक भएन,’ अध्यक्ष कार्कीले भने, ‘दुःखका साथ भन्नुपर्छ यहीक्रम रहिरहने हो भने हामीले आएल्ट्स, कमर्स जस्ता अरु विषय पढ्दा जुन बेरोजगारी हुने थियो, अब मेडिकल साइन्समा पनि त्यस्तै अवस्था आउँदैछ ।’ 

मुलुकले डाक्टरलाई पिट्नबाहेक नजानेको अध्यक्ष कार्कीले दुखेसो पोखे । ‘कुनै पनि राजनीतिक आन्दोलनमा सेतो कोट ननिस्किकन त्यो राजनीतिक आन्दोलन सफल भएको छैन,’ उनले भने, ‘तर २००७ सालदेखि ०७९ सम्म यो मञ्चमा बसिरहँदा एउटा डाक्टरलाई नेपाली कांग्रेस होस् या अन्य राजनीतिक दलले, राष्ट्रियसभामा यो डाक्टरले मुलुकको सेवा गर्‍यो भनेर पठाएको छैन। यो मुलुकले पिट्नबाहेक जानेन, पेटमा पिट्ने कि टाउकोमा पिट्ने कि, जसरी नि पिट्नेमात्रै, कसरी पिट्ने जसरी पिट्ने पिट्ने !’ 

सधैँ डाक्टरलाई मुखले विशिष्ट बनाएको कार्कीको गुनासो छ। ‘हामीले २४ घण्टा फोन उठाउनुपर्छ कसैको पनि, तर हामीलाई पर्‍यो भने उनीहरुको दोस्रोचोटी फोन उठ्दैन,’ उनले भने, ‘हामीले व्यवहारमा पनि डाक्टरलाई विशिष्ट हो है भन्ने कहिल्यै महसुस गराएनौँ।’

Ncell 2
Ncell 2

नीति निर्माण तहमा प्रतिनिधित्व

कार्यक्रममा सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चिकित्सकहरुले दलको झण्डा बोकेर नभइ नरम व्यवहारबाट पहिचान स्थापित गर्न सक्नुपर्ने बताए। नीति निर्माण तहमा सबै वर्ग, समुदाय र पेसागत क्षेत्रको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिँदै उनले डाक्टरहरुलाई पनि पार्टीले यस्ता विषयमा समेट्दै लैजाने प्रतिबद्धता जनाए। कार्यथलोमा डाक्टरहरुमाथि हुने दुर्व्यवहार, न्यून वेतनको समस्या, चिकित्सा विज्ञान अध्ययन महँगो बन्दै गएकोप्रति आफू जानकार रहेको भन्दै यी समस्या निराकरणका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए। 

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले शिक्षा र स्वास्थ्य निःशुल्क गराउन पार्टी प्रतिबद्ध रहेको बताए। पार्टीको शीर उच्च बनाउने गरी काम गर्न आग्रह गर्दै डाक्टरहरुले खेप्दै आएका समस्या समाधानका लागि आफूहरु चिन्तित रहेको भनाइ राखे। चिकित्सा विज्ञान आफैँमा भौतिकवादी भए पनि त्यसलाई व्यवहारमा उतार्न आध्यात्मिक शक्ति प्रयोग गर्न उनले आग्रह गरे। 

संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो। २०६८ स्थापित संस्थाको संस्थापक सभापति डा. केदारनरसिंह केसी हुन्। यो संस्थाबाट ५ जना महाधिवेशन प्रतिनिधि र ३ जना महासमिति सदस्य नेपाली कांग्रेसका लागि चयन हुने प्रावधान छ। डा. श्रेष्ठ सर्वसम्मत

संघको गण्डकी प्रदेश स्तरीय प्रथम अधिवेशनबाट अध्यक्षमा डा. सूर्यज्योति श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। उपाध्यक्ष डा. ईश्वर कँडेल, महासचिव डा. प्रेम पंगेनी र सचिव आनन्द भट्टराई चयन भएका छन्। डा. दीपेश कार्की संघको कोषाध्यक्ष बनेका छन्।

सदस्यमा डाक्टरहरु शिवशंकर शाह, रञ्जन पोखरेल, शेखर कायस्थ, रमेश आचार्य, गरिमा बराल, कृष्णा सापकोटा, शिव रेग्मी, ध्रुव पौडेल र हिमलाल भण्डारी छन् । डाक्टरहरु निकुञ्ज योगी, नीरज थापा, पूजन शर्मा, सुमन बराल र विवेक पराजुली प्रदेश सदस्य चयन भएका छन्। 

अधिवेशनले गण्डकी प्रदेशका जिल्ला संयोजक पनि चयन गरेको छ। कास्की जिल्ला संयोजक डा रामजी बराल, स्याङ्जा संयोजक डा सुदीप रेग्मी, बागलुङ संयोजक डाक्टर शैलेन्द्र पोखरेल विक, मनाङ संयोजक डाक्टर मंगल हिराचन, तनहुँ संयोजक डाक्टर रामकुमार श्रेष्ठ तोकिएका छन्। गोर्खा जिल्ला संयोजक डाक्टर विनोद दवाडी, नवलपुर संयोजक डाक्टर गंगा सापकोटा, लमजुङ संयोजक डाक्टर तिलक घिमिरे र मुस्ताङ संयोजक डाक्टर अनु शेरचन चयन भएका छन्। म्याग्दी र पर्वत संयोजक भने तोक्न बाँकी छ ।

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
७५ वर्षपछि कांग्रेसको विशेष महाधिवेशन (LIVE)
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा
सम्बन्धित सामग्री
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । आइतबार, पुस २७, २०८२
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्नुहुँदा  नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो  । आइतबार, पुस २७, २०८२
‘राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ’-राष्ट्रपति पौडेल पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूल... आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन आइतबार, पुस २७, २०८२
७५ वर्षपछि कांग्रेसको विशेष महाधिवेशन (LIVE) आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्