काठमाडौं– चितवनस्थित नारायणी नदीको पुलमा स्कुटर रोकेर एक पुरुषले नदीमा हामफालेका छन्। आइतबार अपराह्न ५ बजेर ३५ मिनेटमा पुल माथिबाट १ पुरुषले नदीमा हामफालेका हुन्।
बागमती प्रदेश ०३–०३ प ५९२६ नम्बरको स्कुटरमा सवार पुरुषले स्कुटर पुलको बीचमा रोकेर पुलमाथिबाट हामफालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले नेपाल लाइभलाई जानकारी दिए।
नदीमा हामफालेका पुरुष अन्दाजी ३० वर्षका रहेको पत्ता लागेपनि थप पहिचान खुल्न नसकेको एसपी अधिकारीको भनाइ छ।
पुरुषले नदीमा हामफालेको सूचनापछि उनको खोजीका लागि उद्धारकर्मीहरु परिचालन गरिएको छ। तर, अहिलेसम्म फेला नपरेको एसपी अधिकारीले जानकारी दिए।
एसपी अधिकारीका अनुसार ति पुरुषले हेल्मेटसहित नदीमा हाम फालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।