काठमाडौं– अवैध संरचना हटाउने अभियान थालेको काठमाडौं महानगरपालिकाले आइतबार रत्नपार्कदेखि भोटाहिटीसम्म अवस्थित सब–वेमा बनाइएका संरचना भत्काउन थालेको छ।

केही बेरअघि महानगरपालिकाको टोलीले रत्नपार्कस्थित सब–वे मा बनाइएका संरचना भत्काएको छ। पैदल यात्रुका लागि सडक पार गर्न सहजताका लागि सडक मुनिबाट सब वे बनाइएको छ।

तर उक्त सब–वेभित्र पनि संरचना बनाउँदै पसल सञ्चालन गर्न थालेपछि यात्रुलाई हिँड्नका लागि कठिनाई उत्पन्न भएको थियो। महानगरपालिकाले उक्त क्षेत्रमा रहेका सबै सब–वेमा निर्माण गरेका संरचना हटाउने भएको छ।






तस्बिरहरु : मनिष अर्याल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।