काठमाडौं– यो वर्षको मदन पुरस्कार सञ्चारकर्मी नवराज लम्सालको अग्नि महाकाव्यलाई दिइएको छ। त्यस्तै दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बा–श्री सम्मान प्रदान गर्ने निर्णय गरेको छ।
शनिबार बसेको मदन पुरस्कार गुठीको बैठकले श्रेष्ठलाई जगदम्बा–श्री सम्मान र अग्नि महाकाव्यका लागि लम्साललाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
जगदम्बा–श्री सम्मान पाउने साहित्यकार श्रेष्ठ बनारसबाट प्रकाशित हुने उदय पत्रिकाका सम्पादक हुन्। ८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउँदै आएका छन्।
२०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको मदन पुरस्कार गुठीले जनाएको छ।
०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये निर्णायक मण्डलले 'अग्नि'लाई छनोट गरेको मदन पुरस्कार गुठीले जनाएकाे छ।
यसअघि गुठीले पुरस्कारको प्रतिस्पर्धामा रहेका श्रेष्ठ आठ पुस्तकको सूची सार्वजनिक गरेको थियो। जसमा लम्सालको 'अग्नि'‚ दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको 'नीलो बतास'‚ बसन्त बस्नेतको 'महाभारा'‚ दीपा मेवाहाङ राईको 'यादको सन्दुक'‚ नारायण पौडेलको 'लिच्छवि लिपि'‚ नीलमणि ढुङ्गनाको 'व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश'‚ सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको 'हिति प्रणाली' रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।