काठमाडौं– पर्यटक प्रवेशाज्ञा लिई खाडी मुलुकतर्फ जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १९७ जना नेपालीहरुलाई शंकास्पद देखिएको जनाउँदै फर्काइएको छ।
चेकजाँचका क्रममा हवाई यात्रा अनुमतिपत्र लगायत कागजात शंकास्पद पाइएपछि उनीहरुलाई थप अनुसन्धान गर्नुपर्ने देखिएको जनाउँदै नेपाल प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलमा बुझाइएको हो।
यहि भाद्र ८ यता मात्र १०३ महिला र ९४ जना पुरुष गरी १९७ जना यात्रुलाई अनुसन्धानका लागि बुझाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।