काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको उपत्यका भेला सम्पन्न भएको छ। काठमाडौंको खुला मञ्चमा काठमाडौं, ललितपुर र भक्तपुरसहितका जिल्ला समेटेर उपत्यका भेला आयोजना गरिएको हो।
गत असार ७ गते राष्ट्रिय सभागृह काठमाडौंबाट पार्टी घोषणा भएको थियो। शनिबारको भेलामा उपस्थित हुन हजारौं समर्थक खुलामञ्चमा जम्मा भएका थिए ।
उपत्यका भेलामा प्रदेश सांसद बिराज भक्त श्रेष्ठ, वातावरणविद् डा. अरनिको पाँडे, सत्याग्रही अभियन्ता पुकार बम, युवा नेता डा. प्रणय शमशेर राणा, शिक्षाविद् शिशिर खनाललगायत सहभागी थिए।
तस्बिरमा हेर्नुहोस् राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा सहभागीको भीड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।