दाङ– तुलसीपुरमा चट्याङ लागेर २ जना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमकेमा शुक्रबार बिहान ८ बजेतिर परेको चट्टयाङले दुई महिला घाईते भएका हुन्।
वडाध्यक्ष हुमकान्त सापकोटाका अनुसार स्थानीय फोडिस्वान भुषालको घरमा परेको चट्टयाङ्ले उनकी श्रीमती करिब ४५ वर्षीया भिमा भुषाल र घर नजिकै रहेकी रेखा विकलाई घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।
उनीहरुको तुलसीपुरस्थित राप्ती लाईफ केयर हस्पिटलमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।