फाइल तस्बिर
ललितपुर– नेपाल प्रेस युनियन ललितपुर शाखाले संस्थापक अध्यक्ष स्वर्गीय बटुककृष्ण कार्कीको स्मृतिमा ‘बटुककृष्ण कार्की स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ।
कार्कीले पत्रकारिता क्षेत्र र युनियनमा पुर्याउनुभएको योगदानको कदर गर्दै प्रत्येक वर्ष ललितपुर जिल्ला कार्यक्षेत्र बनाएर काम गर्ने एक पत्रकारलाई पुरस्कृत गर्ने गरी सो पुरस्कार स्थापना गरिएको ललितपुर शाखाका अध्यक्ष केदारनाथ दाहालले बताए।
उनले पुरस्कारको राशि रु २५ हजार र सम्मानपत्र हुने जानकारी दिए। सो कार्यलाई निरन्तरता दिन रु ११ लाख ११ हजार एक सय ११ को अक्षयकोष स्थापना गर्ने जनाइएको छ । शाखा स्थापना हुँदाका संस्थापक अध्यक्ष कार्की निरन्तर तीन कार्यकाल शाखा सभापति रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।