कञ्चनपुर– महाकाली नदीमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका बालिका सन्ध्या सुनार फेला परेकी छैनन्। दोधारा चाँदनी नगरपालिका–७ की १० वर्षीया सुनार बुधवार बिहान महाकाली नदीमा डुबेर बेपत्ता भएकी हुन्।
बिहिबार बिहान अञ्जली सुनारसँग नदीमा कपडा धुन र नुहाउन गएकी सन्ध्या नुहाउने क्रममा महाकाली नदीमा डुबेर बेपत्ता भएको बताइएकाे छ।
सन्ध्या सुनार बेपत्ता भएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोर्डर आउट पोष्ट दोधारा चाँदनी कुतिकयावकर पोष्टका ईन्चार्ज हरि गिरीले जानकारी दिए। अन्दाजी १८ वर्षीया अञ्जली सुनार भने सुरक्षित रहेको उनले बताए।
दोधारा चाँदनी नगरपालिका–९ स्थित ठूली आमाको घरमा बस्न गएकी उनी बिहान अञ्जलीसँग महाकाली नदीमा नुहाउन गएकी थिइन्।
सशस्त्र प्रहरीको बिपद् ब्यवस्थापन टोलीले खोजी कार्य जारी राखेको पोष्टका ईन्चार्ज हरि गिरीले जानकारी दिएका छन्।
दोधारा चाँदनी नगरपालिका कार्यालयले खोजीका लागि मोटर बोट समेत परिचालन गरेको नगरप्रमुख किशोरकुमार लिम्बुले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।