काठमाडौं– नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत म्यानुअल पि. मिक्लरले आफूहरुले ‘प्रो नेपाल' भएको हेर्न चाहेको टिप्पणी गरेका छन्। ‘हामी नेपाललाई प्रो इण्डिया वा प्रो चाइना नभई प्रो नेपाल भएको हेर्न चाहन्छौं’ उनले भने।
नीति अनुसन्धान प्रतिष्ठानले राजधानीमा शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
पछिल्लो समय नेपालमा एमसीसी र एसपीपीलाई लिएर विवाद भइरहेको छ। नेपाल अमेरिकातिर ढल्केको आरोप लाग्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।