काठमाडौं– घुससहित रंगेहात पक्राउ परोका सब–इन्जिनियरले सफाइ पाएका छन्। नुवाकोटको बेलकोटगढी नगरपालिकाका तत्कालीन सब–इन्जिनियर बद्री भण्डारीले सफाइ पाएका हुन्।
विशेष अदालतका न्यायाधीशत्रय रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको शुक्रबारको इजलासले भण्डारीलाई सफाइ दिएको हो।
भण्डारीलाई २०७६ जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले पक्राउ गरेको थियो।
विज्ञापनबापतको कसिमनका लागि सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिँदै गर्दा उनी पक्राउ परेका थिए। उनलाई त्यतिबेला काठमाडौंको बालाजुस्थित गुराँस रेष्टुरेन्टबाट पक्राउ गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।