दाङ- बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएको राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड सञ्चालनमा आएको छ।
शुक्रबार बिहान ६ बजेको समयमा दाङ-सल्यान सडक खण्ड अन्तर्गत तुलसीपुर ३ साततलेमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो। अवरुद्ध भएको ९ घण्टापछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए।
गौतमका अनुसार एकतर्फी सडक साढे १ बजेबाट खुले पनि दुई तर्फी सडक भने साढे ३ बजेबाट खुलेको हो। अवरुद्ध सडक सञ्चालन भएपछि बिचबाटोमै रोकिएका सवारी साधन गन्तव्यमा हिँडेका छन्।
अवरुद्ध सडक खुलाउन तुलसीपुर उपमहानगरपालिकाको जेसीबी, प्रहरी लगायतको टोली बिहानैदेखि खटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।