प्रतिकात्मक तस्बिर
हेटौंडा– खोलाले बगाउँदा मकवानपुरमा ३ वर्षाया बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको राक्सिराङ गाउँपालिका-३ गोठारी बस्ने भुवन सिंह घलानकी ३ वर्षीया छोरी भुमिका घलान छन्। सोही ठाउँको चुर्लिङ खोलाले बगाउँदा शुक्रबार बिहान भूमिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए।
घट्टमा गएकी आफ्नी आमालाई पिछा गर्दै जाँदा उक्त खोलाले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।