काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा निर्वाचनको माहोल सुरु भइसकेको बताएका छन्। हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा सम्पन्न भएको स्मरण गराउँदै उनले आसन्न निर्वाचन पनि कांग्रेसकै अगुवाइमा हुन लागेको बताए।
नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २७औँ स्मृति दिवसका अवसरमा शोभाभगवतीमा आयोजित माल्यार्पणमा नेता सिंहले यस्तो बताएका हुन्।
उनले यो सरकार बन्नु अघिको सरकारले ऐन कानुन नबनाएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनु पर्ने, आन्दोलन गर्नु पर्ने परिस्थिति बनेको बताए। हाल स्थानीय र प्रदेश सरकारले चाहे अनुसार र संविधानमा ब्यवस्था भए अनुसार काम गर्न नसक्नुको कारण ओली सरकार रहेको समेत आरोप लगाए ।
पछिल्लो राजनीतिक घटनाक्रमका बारे सबै जानकार रहेको भन्दै राजनीतिक दुर्घटना रोक्न हालको अस्थायी व्यवस्थापन गर्नु परेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।