काठमाडौं– निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा÷प्रदेश सभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्ह प्रदान र निर्वाचन चिन्हको क्रम निर्धारण गरेको छ।
आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधिभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन गरी जम्मा ८४ वटा निवेदन प्राप्त हुन आएकाले ती दलहरुलाई निर्वाचन चिह्न निर्धारण गरेको हो।
राजनीतिक दलहरूबाट दर्ता हुन आएका निवेदनलगायत अन्य कागजातहरूको अध्ययन र जाँचबुझ गर्दा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७९ वटा दलका निर्वाचन चिन्हहरूमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ८७ कायम गरिएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।