काठमाडौं –काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पछिल्लो समय घर बनाउदा पार्किङको लागि भनेर नक्सा पास भएको तर अन्य प्रयोजनमा प्रयोग भएका स्थानहरु खाली गर्न लागिपरेका छन्।
उनले आज बानेश्वर आसपासको क्षेत्रहरुमा अनुगमन गरेका छन्। उनले शंखमूलस्थित एक व्यावसायिक भवनको पार्किङमा बर्गर हाउस सञ्चालन गरेको पाइएपछि हटाउन निर्देशन दिएका छन्।
काठमाडौं महानगरपालिकाले केही दिन पहिले ३५ दिने सूचना जारी गर्दै पार्किङको लागि भनेर स्वीकृति लिएको स्थान खाली गर्न भनेको थियो। ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो ।
महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित अनुगमन गर्न निस्किएका शाहले पार्किङका लागि बनाइएको बेसमेन्टमा बर्गर हाउस सञ्चालन गरेको पाएपछि हटाउन निर्देशन दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।