काठमाडौं– न्याय परिषद्ले २१ जना जिल्ला न्यायाधीशको पदस्थापन गरेको छ। साउन ३१ गते नियुक्ति सिफारिस भएका २१ जनालाई बुधबार बसेको परिषद्को बैठकले विभिन्न अदालतमा पस्थापन गर्ने निर्णय गरेको हो।
१ नम्बरमा नियुक्ति सिफारिस भएका न्यायाधीश टेक बहादुर कार्कीलाई जिल्ला अदालत सुनसरीमा पदस्थापन गरिएको छ। यस्तै, २ नम्बरमा सिफारिस भएका प्रकाश कोइरालालाई मोरङ जिल्ला अदालत सिफारिस गरिएको छ।
यस्तै, ध्रव कुमार ढकाल (महोत्तरी), विकास श्रेष्ठ (सुनसरी), नवराज दुलाल (उदयपुर), जगन्नाथ पौडेल (धनुषा), विष्णु प्रसाद रेग्मी (रुपन्देही), पुरुषोत्तम नेपाल (पर्सा), राजेश्वर अर्याल (मोरङ), महेन्द्र बहादुर थापा क्षेत्री (कास्की), भीमबहादुर निरौला (झापा) र रामानन्दप्रसाद अधिकारी (कपिलवस्तु) पदस्थापन भएका छन्।
मोहन सुवेदी (मोरङ), सुरेशराज खनाल (सुनसरी), निर्मला शर्मा सुवेदी (चितवन), हर्क बहादुर क्षेत्री (सप्तरी), पूर्णिमा कोइराला (रौतहट), तारादेवी महर्जन (बारा), डल्लुराम चौधरी (कैलाली) ताराकुमारी शर्मा (दाङ) र भगवती शर्मा ढुङ्गाना (पर्सा) पदस्थापन भएका परिषद्ले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।