काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डरीले सुरक्षा अधिकारीहरुसँग भेट गरेकी छन्।
राष्ट्रपति भण्डारीले आफ्नो सुरक्षामा खटिएका अधिकारी र पूर्वरथिहरुलाई बुधबार आफ्नै निवास शितलनिवासमा बोलाएर भेट गरेकी हुन्। भेटमा ७० जना भन्दा बढी सुरक्षा अधिकारीहरु सहभागी रहेको बताइन्छ। पूर्वरथि र अरु गरी ७०/७५ जनासँगको भेटमा राष्ट्रपति भण्डारीले सुरक्षाका विषयमा पनि छलफल गरेको बताइएकाे छ।
भण्डारी पूर्वरक्षामन्त्री समेत भएकाले सम्बन्धका हिसाबमा पूर्वनिर्धारित कार्यक्रम अनुसार नै भेट गरिएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले बताए।
संसदको दुवै सदनबाट पारित गरेको नागरिकता विधेयक प्रमाणिकरण नगरी सन्देशसहित फिर्ता पठाएपछि प्रतिनिधिसभाले पुनः जस्ताको तस्तै पारित गरेपछि राष्ट्रपति भण्डारी सरकारसँग असन्तुष्ट रहँदै आएको चर्चाबीच अहिले सुरक्षा अधिकारीहरुसँगको भेटलाई महत्वका साथ हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।