दाङ- कृत्रिम जलाशयमा डुबेका एक पुरुषको तीन दिनपछि शव फेला परेको छ।
दाङको घोराही-१७ मा रहेको कर्जाही कृत्रिम जलाशयमा सोमबार डुबेका घोराही-१७ का ४० वर्षीय अम्मर चौधरीको शव तीनदिनपछि बुधबार फेला परेको हो।
ड्याममा घोंघी टिप्न गएका चौधरी सोमबार कृत्रिम जलाशयमा डुबेपछि निरन्तर बेपत्ता भएका थिए।
सोमबारदेखि खोजी गरिए पनि बुधबार मात्रै उनको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए।
चौधरीको खोजीकार्यका लागि गोताखोरको टोली, शसस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।