काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अहिले व्यापारिक केन्द्रहरुमा नक्सा विपरीत निर्माण गरेका संरचना हटाउन केन्द्रित भएका छन्।
नक्सा पास गर्दाको भन्दा भिन्न र थप संरचना निर्माण गरी व्यापार गर्ने त्यस व्यापारिक केन्द्रका सञ्चालक तथा व्यापारीलाई सुरुमा चेतावनीसहित निश्चित समयको अल्टिमेट दिने र तोकिएको समयमा नहटाए महानगर आफैंले त्यस्ता संरचना हटाउन थालेको छ।
केही दिन अगाडि मात्रै काठमाडौंको नयाँ बानेश्वरस्थि व्यापारिक कम्प्लेक्सको भूमिगत पार्किङ क्षेत्रमा निर्माण गरिएका व्यापारिक संरचना हटाएको महानगरले बुधबार भने सुन्धारास्थित काठमाडौं मलमा डोजर चलायो।
काठमाडौं मलको अग्र भागमा नक्सा विपरीत निर्माण गरिएका संरचना बुधबार महानगरले डोजर चलाएर हटाएको हो।
कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको मललाई भाडामा लिएका व्यापारीले आफूखुसी अवैधानिक संरचना निर्माण गरेका थिए। त्यस्ता संरचना निर्माण गरेर व्यापारीले महिनाकै लाखौं भाडा उठाउने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।