काठमाडौं– स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा जटिल र संवेदनशील सेवा रहेको भन्दै यसलाई संघ मातहत राख्न सरकारसँग माग गरेको छ।
स्वास्थ्यकर्मी महासंघको प्रदेश नं. १ को कार्यसमितिको हालै बसेको बैठकबाट लिइएका निर्णयहरु सार्वजनिक सो माग गरिएको हो।
सांसद तुलसी न्यौपानेको प्रमुख आतिथ्यतामा धनकुटामा बसेको तेस्राे पूर्ण बैठकले स्वास्थ्य सेवालाई संघ मातहत राख्नुपर्ने, सेवालाई निजामती सेवामा समावेश नगरी स्वास्थ्यकर्मी मैत्री छुट्टै ऐन जारी गर्नुपर्ने लगायत ७ बुँदे निर्णय गरिएको प्रदेश समितिद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
अस्थायी, करार, ज्यालादारी स्वास्थ्यकर्मीहरुको न्यायोचित व्यवस्थापन तथा सरकारी सेवाका स्वास्थ्यकर्मीहरुको तलबी अध्ययन बिदाको व्यवस्था गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।