काठमाडौं– ईभी एक्सपो २०२२ मा २२ वटा ईभी अटो ब्राण्डहरुले भाग लिने भएका छन् । मंगलबारसम्म ८ वटा ४ पांग्रेसहित १४ वटा दुई पांग्रे ईभी सवारीले स्टल बुकिङ गरेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जाकनारी दिएको छ।
चार पांग्रेमा ठूला ब्राण्डहरु टाटा, हुण्डाई, किया, बीवाईडीसहितका प्रसिद्ध ब्राण्डहरु उपलब्ध ईभी मोडलसहित नयाँ मोडलका साथ प्रदर्शनीमा उत्रिँदैछन् भने दुई पांग्रेमा पनि विभिन्न ब्राण्डहरुले एक्सपोमा सहभागिता जनाउँदैछन् ।
नेपालकै पहिलोपटक आयोजना हुँदै गरेको ईभी एक्सपो २०२२ यहीँ आउँदो असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा चल्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।