दाङ– पछिल्लो समय दाङमा कोरोना संक्रमणको दर घट्दो क्रममा रहेको छ। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार अहिले १५/२० जनामा परीक्षण गर्दा १/२ जनामा मात्र कोरोना पुष्टि हुने गरेको छ।
सोमबार र मंगलबार शंकास्पद पाँच जनामा कारोना परीक्षण गर्दा संक्रमित संख्या शून्य रहेको जिल्लामा संक्रिय संक्रमितको संख्या १४ रहेको केन्द्रले जनाएको छ।
जसमा तुलसीपुरका २ जना, घोराहीका ६ जना, दंगीशरणका २ जना, शान्तिनगर र लमहीका एक/एक जना र जिल्ला बाहिरका एक जना रहेको केन्द्रले जानकारी दिएको छ। केहि समयअगाडि कोरोना संक्रमण दर शून्य अवस्थामा आएकोमा पुनः उकालो लागेको थियो।
संक्रमण दर घटेपनि कोरोनाको जोखिम भने कायमै रहेको केन्द्रले जनाएको छ। त्यसकारण कोरोनाको जोखिमबाट बच्न सावधानी अपनाउन सबै नागरिकलाई आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।