दाङ- कृत्रिम तालमा डुबेर दाङमा एक जना पुरुष बेपत्ता भएका छन्। बेपत्ता हुनेमा घोराही उपमहानगरपालिका–१७ कर्जाहीका ४० वर्षीय अम्मर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
घोराही उपमहानगरपालिका-१७ कर्जाहीस्थित रहेको एक कृत्रिम तालमा चौधरी सोमबार बिहान घरबाट घोङगी खोज्न गएको बेला पानीमा डुबेर बेपत्ता भएका थिए ।
स्थानीयले खबर गरेपछि प्रहरी घटना स्थल पुगेर खोजी कार्य सुरु गरेको थियो । अहिले पनि बेपत्ता चौधरीको खोजी कार्य जारी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।