पूर्व मुख्यसचिव पौडेल (फाइल तस्बिर)
काठमाडौं– सरकारी कर्मचारीहरुको तलबमानमा रहेको असमानता हटाएर समान तलबमान निर्धारण गर्ने विषयमा अध्ययन गर्न समिति गठन भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा तलबमान अध्ययन गर्न ३ सदस्यीय समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए।
राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारी (नायव सुब्बा)हरु आफूहरुको तलब असमान रहेको भन्दै आन्दोलनमा छन्।
केही दिन अगाडि नायव सुब्बाहरुको आन्दोलनप्रति सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलबमानमा रहेको असमानता हटाउने प्रतिबद्धता जनाएका थिए।
बजेटमा सरकारले कर्मचारीको तलब १५ प्रतिशतका दरले तलब बढाए पनि समान पदको तलब समान नभएको भन्दै अर्थ मन्त्रालयले माथिल्लो पदका निजामती कर्मचारीको तलब २३ प्रतिशतसम्म बढाएको थियो। नायव सुब्बाहरुले त्यसको विरोधमा आन्दोलन चर्काएपछि अर्थमन्त्री शर्माले तलबमानमा समानता कायम गर्नका लागि अध्ययन गर्न समिति गठन गर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।