फाइल तस्बिर
काठमाडौं– न्याय माग्दै अनसन बसेकी निहारिका राजपुत र सरकारका बीचमा तीन बुँदे सहमति भएको छ। कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ ले १७ दिनदेखि अनसनरत उनलाई अनसन तोडाएका हुन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाल र निहारिका राजपुत ‘सोनाली’ का बिचमा आइतबार उक्त सहमति भएको हो।
सहमतिमा राजपुतको माग अनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डिएनए परीक्षण गर्न अदालत समक्ष जाहेरवालाका तर्फवाट सरकारी वकिलले माग गर्ने सहमति भएको छ।
त्यस्तै डिएनए परीक्षणलाई बिश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमतिको दोस्रो बुँदामा उल्लेख छ।
यस्तै उक्त माग पुरा भएकोले निहारिका राजपुतले १७ दिनदेखि गरिरहेको आमरण अनसन 'आजैका मितिबाट अन्त्य गर्ने' सहमति भएको जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।