काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख धनपति सापकोटालाई जिम्मेवारीबाट हटाइएकाे छ।
सापकोटालाई हटाएर राजु पण्डेलाई नगर प्रहरी प्रमुख बनाएको महानगरका मेयर बालेन्द्र शाहको सचिवालयले जनाएको छ। सापकोटालाई भने मेयर बालेनको प्रशासनतर्फ खटाइएको छ।
वर्षौंदेखि नगर प्रहरीको प्रमुखको जिम्मेवारीमा रहँदै आएका धनपतिमाथि पदीय जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।