काठमाडौं– चीनको उत्तरपश्चिमी प्रान्त छिङहाइमा भारी वर्षाका कारण आएको हिमाली आँधीबाट मृत्यु हुनेको संख्या आइतबार बेलुका ४ बजेसम्म २६ पुगेको बताइएको छ।
साथै अन्य पाँच जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन्। राति १०-२५ बजेबाट सुरु भएको भारी वर्षाका कारण दाताङ हुई र तु स्वायत्त काउन्टीका छवटा गाउँका ६ हजार २४५ बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्।
मुसलधारे वर्षाका कारण दाताङमा बाढी र पहिरो जाँदा नदीको मार्ग परिवर्तन भई बाढी गाउँ परवेश गरेको थियो।
यसअघि बेपत्ता भएका २३ जनाको पनि उद्धार गरिएको छ । प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः चालू भएको छ भने सडक र पुल पनि सञ्चालनमा आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।