• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रमुख आयुक्त थपलियाको प्रश्न– दलले आफ्नै सिद्धान्त बुझाउन पनि पैसा तिर्नुपर्ने बेला आएको हो?

64x64
ईश्वर बराल आइतबार, भदौ ५, २०७९  १८:५९
1140x725

काठमाडौं– नेपाल लाईभले गतसाता निर्वाचन र त्यसमा उम्मेदवारले गर्ने खर्चलगायतका विविध पक्षलाई विश्लेषण गर्दै विभिन्न सामग्रीहरु प्रस्तुत गरेको थियो। अहिलेको निर्वाचन महंगो र वर्चश्वशालीको हातमा गएको सवालबारे ती सामग्री केन्द्रित थिए। 

यता, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार संचारकर्मीहरूसँग लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाभित्रको महत्वपूर्ण पक्षलाई आवधिक निर्वाचनसँग जोडेर केही महत्वपूर्ण सवाल उठाएका छन्। 

आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणा भएसँगै शीर्षस्थ नेताहरुले नै निर्वाचन महंगो भएको बताइरहेका छन्। यसलाई लक्षित गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको भाष्य, यसप्रतिको बुझाइ र यसको परिभाषाबारे बहस चलाउनुपर्ने बताए। 

थपलियाले निर्वाचन राजनीतिक दलका पात्र परिवर्तन गर्ने प्रक्रिया मात्रै हो या लोकतन्त्र संस्थागत माध्यम हो? भन्ने सवाल उठाए। उनले निर्वाचनको वास्तविक लक्ष्य र उद्देश्यमाथि नै बहस गर्नुपर्ने बेला आएको बताए। 

निर्वाचनबारेकाे बुझाईमा बहस

‘निर्वाचनलाई लक्षित गरेर निर्वाचनको भाष्यमा, निर्वाचनको परिभाषामा यसप्रतिको बुझाईमा बहस चलाउन जरुरी छ। निर्वाचन भनेको पात्र परिवर्तनको प्रक्रिया मात्रै हो?,’ आयुक्त थपलियाले प्रश्न गरे, ‘निर्वाचन भनेको लोकतन्त्रलाई संस्थागत गर्ने र जनतालाई सशक्तिकरण गर्ने माध्यम हो। यो विषयमा अब बहस हुन जरुरी छ।’

त्यस्तै, निर्वाचन राजनीतिक दल वा उम्मेदवारले जित्नैपर्ने विषय मात्र हो या दलले आफ्ना कार्यक्रम जनतामाझ लगेर स्थापित गर्ने बाटो हो भन्ने सवालमा बहस आवश्यक रहेको आयुक्त थपलियाको ठम्याइ छ।

‘के यो निर्वाचन भनेको कुनै राजनीतिक दलले वा कुनै स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिने र जसरी भए पनि जित्नैपर्ने, जिताउनै पर्ने विषय हो?,’ थपलिया बहसको माग गर्दै भन्छन्, ‘अथवा राजनीतिक दलहरूले आफ्ना सिद्धान्त, आफ्ना विचार, आफ्ना संगठन, आफ्ना कार्यक्रमहरूलाई जनमानसमा स्थापित गर्ने बाटो हो? यो विषयमा बहस हुन जरुरी छ।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै उनको अर्को सवाल छ, जनतालाई लोकतन्त्रमा पाँच–पाँच वर्षमा मत दिने पात्र मात्र ठानिएको र जनतामा निहित सार्वभौमसत्ताको सम्मान तथा कदर नभएकाले यसबारेमा पनि बहस हुन आवश्यक छ। 

‘गहन ढंगले निर्वाचन आयोगको दृष्टिकोणबाट मलाई के लाग्छ भने मतदाता भनेका, नागरिक भनेका, जनता भनेका के पार्टीहरूलाई पाँच/पाँच वर्षमा एकपटक कुनै एक पात्रलाई मत दिनका निम्ति मात्रै हुन् त?,’ उनी प्रश्न गर्दै भन्छन्, ‘हारजितको खेल मात्र नभएर निर्वाचन भनेको जनतामा निहित सार्वभौमसत्ताको सम्मान  र तद्अनुसारको कदर गर्ने विधि हो भनेर पनि बहस गर्नुपर्ने बेला आएको छ।’

निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय निर्वाचन

उनले निर्वाचनको वास्तविक परिभाषा बुझाउन सके मात्र निर्वाचन साँच्चिकै स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय हुने बताए। आयोगले यसका लागि वातावरण बनाउने उनको भनाइ छ। 

‘एकातिर संविधानले बहुदलीय प्रतिस्पर्धामा आधारित लोकतन्त्रको परिकल्पना गरेको छ,’ उनी भन्छन्, ‘अर्कोतिर एउटा व्यक्तिले निर्वाचन मंहगो भयो भनेर गुनासो गर्छ, निर्वाचनमा उठ्नै सक्दिनँ भन्छ। यो मेलमिलाप कहाँनिर हुन्छ? खोज्नुपर्ने हुन्छ।’

दलले आफ्नो नीति, कार्यक्रम र सिद्धान्त लिएर मतदातासमक्ष जाने भएकोले त्यसका आधारमा जनताले मतदान गर्ने व्यवस्थामा पैसाको सवाल किन उठ्छ? भन्ने गरिएकोमा चिन्ता गर्दै व्यङ्ग्य मिश्रित भावमा थपलिया भन्छन्, ‘आफ्नै कुरा बुझाउन पनि पैसा दिनुपर्ने हो?’

‘यो व्यवस्थामा दल निर्वाचनमा भाग लिन्छन्। त्यहाँ कुनै पनि दलका उम्मेदवारले आफ्नो दलको नीति, सिद्धान्त, विचार र कार्यक्रम लिएर मतदाता समक्ष जान्छन्। सवाल के रहेको छ भने कुनै पनि दलको नीति, सिद्धान्त र विचारहरू जनतासमक्ष भन्नलाई पैसा लाग्छ?,’ उनी पुनः प्रश्न गर्छन्, ‘के मतदाताले पैसै नलिइकन कुनै पनि दलको नीति, कार्यक्रम तथा विचार सुन्दैनन्?’

प्रमुख आयुक्त थपलियाको अर्को महत्वपूर्ण सवाल हो–दलहरूले आफ्ना विचार र सिद्धान्त क्लिष्ट बनाएकै कारण पनि त्यसलाई बुझाउन ठूलै मिहेनत र पैसा खर्च गरेको पो हो कि?

उनी प्रश्न गर्छन्, ‘के दलका विचार, सिद्धान्त यति क्लिष्ट छन्? यति अपत्यारिला छन्, जुन भनेर पत्यार पार्नका लागि ठूलै पैसा, मिहेनत लाग्ने हो? यो बुझाउन पनि पैसा लाग्छ भन्ने हो?’

यस्तै, विधायकको काम कानून बनाउने रहेकोले निर्वाचनको मुखमा आफ्नै पैसा खर्च गरेर तथा विकास निर्माणका काम देखाएर प्रभावित पार्ने कामले मतदाताको आत्मसम्मान खण्डित पार्न खोजेको हो कि भन्ने थपलियाको प्रश्न छ। 

आफ्नो नीति, सिद्धान्तलाई महत्व नदिने, चुनाव चिह्नको मर्यादालाई ख्याल नगर्ने गरेका कारण पनि निर्वाचनलाई दल आफैंले खण्डित गरिरहेको आयुक्त थपलियाको टिप्पणी छ। 

यस्ता क्रियाकलापले लोकतन्त्र र बहुदलीय व्यवस्था मन नपराउनेलाई मलजल गरेको उनको दाबी छ। जनताको मत प्राप्त गर्न पैसै खर्च गर्नुपर्ने रहेछ भन्ने भ्रम सिर्जना गराएर लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष आवधिक निर्वाचनलाई बिटुलो र दुषित पार्ने खतरा रहेको थपलियाको चिन्ता छ। 

‘कहिँकतै दलीय व्यवस्था मन नपराउने तत्वलाई मलजल गर्नको निम्ति दलीय व्यवस्था त साह्रै महंगो हुन्छ, चुनावै लड्न सकिँदैन, जनताको अभिमत माग्नको लागि पनि पैसै चाहिन्छ भन्ने किसिमका भ्रम पो सिर्जना गर्न खोजिएको हो कि?,’ उनी प्रश्न गर्दै भन्छन्, ‘यस्ता अभिव्यक्तिले बहुदलीय व्यवस्था, लोकतान्त्रिक व्यवस्था र आवधिक निर्वाचनलाई झन् बिटुलो बनाउने, झन् दुषित पार्ने खतरा हुन्छ।’

यो पनि पढ्नुहोस

सांसदहरुलाई नै तर्साइरहेको चुनाव खर्च

 

यो पनि पढ्नुहोस

यिनै पात्रहरु रहेसम्म जुनसुकै प्रणाली ल्याए पनि ‘ड्यामेज’ नै हुने हो : भोजराज पोखरेल [अन्तर्वार्ता]

 

यो पनि पढ्नुहोस

वर्चश्वशालीहरूको दबदबा रहेको निर्वाचन

 

यो पनि पढ्नुहोस

सरकार बनाउन उस्ताद, कानुन बनाउन उदासीन

यो पनि पढ्नुहोस

उम्मेदवारसँग जनताको अपनत्व भएन, चुनावसँग जोडिएनन्: राधेश्याम अधिकारी [अन्तर्वार्ता]

 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय भेटवार्ता भएको छ। बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। सो पार्टीको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्न... बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान ११:०० बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्