• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जनप्रतिनिधिलाई कांग्रेसले दिएका ५ निर्देशन

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, भदौ २, २०७९  १६:१४
1140x725

काठमाडौं– गत स्थानीय तहको निर्वाचनमा ठूलो दल बनेको नेपाली कांग्रेसले हालै आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्‍यो। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई यसअघि नै प्रशिक्षण दिइसकेका थिए। तर, सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले भने चुनावको ३ महिनापछि मात्र प्रशिक्षण सञ्चालन गर्‍यो।

कांग्रेसबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षका साथै जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरु गरि साढे ६ सय जनप्रतिनिधि सहभागी अभिमुखीकरण आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई कसरी विजयी गराउने भन्नेमा केन्द्रित रह्यो। 

कांग्रेसले आगामी आमनिर्वाचनमा विजयी हुनका लागि जनप्रतिनिधिहरुमार्फत् केही सन्देश दिन खोजेको छ, जसबारे यहाँ संक्षेपमा चर्चा गरिन्छ:

स्थानीय तहलाई बलियो जगको रुपमा रुपान्तरण गर्नुपर्ने  
कांग्रेसको २ दिने अभिमुखीकरण कार्यक्रमले स्थानीय तहलाई कांग्रेसको जग र खम्बाको रुपमा बुझ्न सन्देश दिएको छ। ‘जग बलियो नभइ घर बलियो नहुने’ मान्यताका साथ संगठानिक रुपमा वीपीको विचार कार्यान्वयन गर्नतर्फ निर्देशन समेत दिएको छ।

कांग्रेसबाट हलेसी तुवाचुङ नगरपालिका खोटाङको नगर प्रमुखमा निर्वाचित बिमला राईले अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिहरुले कर्तव्यनिष्ठ भएर सुशासन, पारदर्शिता, जवाफदेहितालाई गतिशीलता कायम गर्नुपर्छ भन्ने कुरा जोड दिइएको बताइन्।

नगरप्रमुख राईले भनिन्, ‘समृद्धिको कुरा शब्दमा मात्र भयो। अब उपयोग होला जस्तो लाग्छ। यतिखेर मुलुकमा तीन तहको सरकार छ। स्थानीय सरकार, प्रदेश सरकार, संघ सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वयमा कहिँकतै समस्या भएका जस्तो देखिन्छ । त्यो एउटा चुनौति हो।’

सांगठनिक मजबुतिमा जोड
बाजुराको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाको पनि हलेसी तुवाचुङ नगरपालिका खोटाङकी नगरप्रमुख बिमला राईकै कुरामा समर्थन छ। थापाले जिल्लाको अवस्थाको बारेमा पनि समीक्षा हुन जरुरी रहेको बताए। 

‘हाम्रो जिल्लामा स्थानीय तहमा नेपाली कांग्रेसले अत्यन्तै दुःखलाग्दो किसिमबाट हार व्यहोर्नुपर्‍यो। यसमा समग्र हामी कांग्रेसीहरुले सुध्रिन जरुरी छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा ९ वटा स्थानीय तहमध्ये ६ वटामा जितेका थियौं। अहिले हामी ३ वटामा सीमित रहनुपर्ने अवस्था आयो’, थापा भन्छन्, ‘यस विषयमा तत्काल नेपाली कांग्रेसका स्थानीय र जिल्ला तहका नेता कार्यकर्ता सुध्रिन आवश्यक छ। त्यसपछि समग्र बाजुराको नेतृत्वलाई एक ढिक्का बनाएर लैजाने नेतृत्वको आवश्यकता छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनी निर्वाचन जित्नका लागि पार्टी भित्रको एकता पहिलो शर्त ठान्छन्। पार्टीभित्रको तिक्तता अन्त्य नभए संघ र प्रदेशमा जित्न साँच्चिकै गाह्रो हुने उनको चिन्ता छ।

‘संघ र प्रदेश जित्नका लागि त्यहाँका भोटरहरु जोगाउनु पर्ने छ। भोटरहरु हामीसँग धेरै छन्। दोष भोटरहरुको हैन। अग्रस्थानमा रहेर काम गर्ने प्रतिनिधिहरुको लापरवाही भएको छ’, उनी भन्छन्, ‘हामी समग्र रुपमा मिलेर जाने हो दुईवटै निर्वाचन जित्छौं। तर, मिलेर गएनौं भने त्यसको परिणाम सोचे जस्तो राम्रो होला जस्तो मलाई लाग्दैन।’

सिंहदबारको भ्रष्टाचार गाउँँ जान दिनु हुँदैन 
अहिले व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएको गुनासाहरू बढेका छन्। सिंहदरबारको भ्रष्टाचार गाउँ–गाउँ पुगेको भन्ने कुरालाई जनप्रतिनिधिहरुले चिर्नु पर्नेमा अभिमुखीकरणले दिएको छ। 

भीमसेन थापा गाउँपालिका गोरखाका उपाध्यक्ष अमृता वस्ती (भट्ट) जनप्रतिनिधिहरु जनताप्रति जवाफदेही बन्नुपर्ने कुरा निर्देशन भएको बताउँछिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनी भन्छिन्, ‘कांग्रेसले आफ्ना दलका जन प्रतिनिधिहरुका लागि गरेको यो कार्यक्रम एकदमै जायज र समय सान्दर्भिक छ। स्थानीय तहमा हुने योजना तर्जुमादेखि न्यायिक समिति र उपसमिति गठन लगायतका विषयमा छलफल परामर्श पनि भयो। स्थानीय तहमा स्थानीय सरकारको हैसियतले काम गर्दै गर्दा सबैभन्दा पहिला जनमुखी काम कसरी गर्ने? यस्ता विषयमा प्रशिक्षित गरिएको छ।’

मिसन मंसिर ४
आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई मुलुककै ठूलो पार्टी बनाउन स्थानीय जनप्रतिनिधिहरु खटिनु पर्ने सुझाव समेत दिइएको छ। २०७४ को निर्वाचनमा विपक्षी गठबन्धनका कारण पार्टीले हार व्यहोर्नु परेको निष्कर्ष निकालिएको छ। तर, यसपटक कांग्रेसलाई गठबन्धनको साथ भएकाले स्थानीय जनप्रतिनिधिहरुलाई अग्रस्थानमा रहेर खट्न निर्देशन दिइएको छ। 

‘व्यक्तिगत स्वार्थका लागि काम गर्ने व्यक्तिहरु पराजित हुनेवाला छन्। जो जनताको काममा भिजिरहेको छ। स्थानीय स्तरमा गएर जनताको समस्या बुझ्न सक्ने र त्यो कार्यान्वयन गर्ने क्षमता भएका सबल नेतृत्वशील व्यक्तिलाई हामी विजयी गराउने कुरामा प्रतिवद्ध छौं’,  भीमसेन थापा गाउँपालिका गोरखाकी उपाध्यक्ष वस्तीले भनिन्।

रामप्रसादराई गाउँपालिका भोजपुरका उपाध्यक्ष वीरेन्द्र राई अभिमुखीकरण कार्यक्रम जनप्रतिनिधिहरुका लागि एकदमै उपलब्धिमूलक भएको दाबी गर्छन् । स्थानीय तहमा बजेट निर्माणदेखि हरेक काम पारदर्शी, जवाफदेही, सुशासन र गतिशील बनाउन सुझाव आएको राईले बताए।   

घोषणापत्र बिर्सन नहुने
कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखहरुलाई निर्वाचनमा जाँदा जनतामाझ गरेका बाचा र कबुल बिर्सन नहुने र सोही अनुरुप काम गर्न निर्देशन दिएको छ।

व्यास नगरपालिका तनहुँका उपप्रमुख इन्दिरा दरैले भनिन्, ‘हामी जनप्रतिनिधि भएर आइसकेको अवस्थामा यो अभिमुखीकरण कार्यक्रमले हामीलाई स्थानीय तहमा काम गर्न, भ्रष्टाचारमुक्त बनाउन र सुशासन कायम गर्नका लागि उत्पेरणा दिने उपलब्धिमूलक बन्यो।’

उनले अब फेरि मुलुकको नेतृत्व कांग्रेसकै हातमा आउने निश्चित रहेको दाबी गरिन्। ‘कांग्रेसभित्र पनि युवाहरुले नेतृत्व गर्नेछन्। युवाहरु नै यो देशका कर्णधार हुन्। युवाहरु नै यो देशमा केही गर्न खोजिरहेको अवस्थामा कांग्रेसका युवाहरुले सरकारको नेतृत्व गर्ने छन्’, दरैले भनिन्।  

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता नेपाली कांग्रेसको केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ डा. केदार नरसिंह केसीले अग्रता लिएका छन्। बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै संसदीय सुनुवाइ समितिले श्रीलङ्का, मलेसिया, जापान र साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ। बुधबार, असोज २८, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्