• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १, २०८२ Tue, Dec 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जनप्रतिनिधिलाई कांग्रेसले दिएका ५ निर्देशन

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, भदौ २, २०७९  १६:१४
1140x725

काठमाडौं– गत स्थानीय तहको निर्वाचनमा ठूलो दल बनेको नेपाली कांग्रेसले हालै आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्‍यो। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई यसअघि नै प्रशिक्षण दिइसकेका थिए। तर, सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले भने चुनावको ३ महिनापछि मात्र प्रशिक्षण सञ्चालन गर्‍यो।

कांग्रेसबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षका साथै जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरु गरि साढे ६ सय जनप्रतिनिधि सहभागी अभिमुखीकरण आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई कसरी विजयी गराउने भन्नेमा केन्द्रित रह्यो। 

कांग्रेसले आगामी आमनिर्वाचनमा विजयी हुनका लागि जनप्रतिनिधिहरुमार्फत् केही सन्देश दिन खोजेको छ, जसबारे यहाँ संक्षेपमा चर्चा गरिन्छ:

स्थानीय तहलाई बलियो जगको रुपमा रुपान्तरण गर्नुपर्ने  
कांग्रेसको २ दिने अभिमुखीकरण कार्यक्रमले स्थानीय तहलाई कांग्रेसको जग र खम्बाको रुपमा बुझ्न सन्देश दिएको छ। ‘जग बलियो नभइ घर बलियो नहुने’ मान्यताका साथ संगठानिक रुपमा वीपीको विचार कार्यान्वयन गर्नतर्फ निर्देशन समेत दिएको छ।

कांग्रेसबाट हलेसी तुवाचुङ नगरपालिका खोटाङको नगर प्रमुखमा निर्वाचित बिमला राईले अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधिहरुले कर्तव्यनिष्ठ भएर सुशासन, पारदर्शिता, जवाफदेहितालाई गतिशीलता कायम गर्नुपर्छ भन्ने कुरा जोड दिइएको बताइन्।

नगरप्रमुख राईले भनिन्, ‘समृद्धिको कुरा शब्दमा मात्र भयो। अब उपयोग होला जस्तो लाग्छ। यतिखेर मुलुकमा तीन तहको सरकार छ। स्थानीय सरकार, प्रदेश सरकार, संघ सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वयमा कहिँकतै समस्या भएका जस्तो देखिन्छ । त्यो एउटा चुनौति हो।’

सांगठनिक मजबुतिमा जोड
बाजुराको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाको पनि हलेसी तुवाचुङ नगरपालिका खोटाङकी नगरप्रमुख बिमला राईकै कुरामा समर्थन छ। थापाले जिल्लाको अवस्थाको बारेमा पनि समीक्षा हुन जरुरी रहेको बताए। 

‘हाम्रो जिल्लामा स्थानीय तहमा नेपाली कांग्रेसले अत्यन्तै दुःखलाग्दो किसिमबाट हार व्यहोर्नुपर्‍यो। यसमा समग्र हामी कांग्रेसीहरुले सुध्रिन जरुरी छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा ९ वटा स्थानीय तहमध्ये ६ वटामा जितेका थियौं। अहिले हामी ३ वटामा सीमित रहनुपर्ने अवस्था आयो’, थापा भन्छन्, ‘यस विषयमा तत्काल नेपाली कांग्रेसका स्थानीय र जिल्ला तहका नेता कार्यकर्ता सुध्रिन आवश्यक छ। त्यसपछि समग्र बाजुराको नेतृत्वलाई एक ढिक्का बनाएर लैजाने नेतृत्वको आवश्यकता छ।’ 

Ncell 2
Ncell 2

उनी निर्वाचन जित्नका लागि पार्टी भित्रको एकता पहिलो शर्त ठान्छन्। पार्टीभित्रको तिक्तता अन्त्य नभए संघ र प्रदेशमा जित्न साँच्चिकै गाह्रो हुने उनको चिन्ता छ।

‘संघ र प्रदेश जित्नका लागि त्यहाँका भोटरहरु जोगाउनु पर्ने छ। भोटरहरु हामीसँग धेरै छन्। दोष भोटरहरुको हैन। अग्रस्थानमा रहेर काम गर्ने प्रतिनिधिहरुको लापरवाही भएको छ’, उनी भन्छन्, ‘हामी समग्र रुपमा मिलेर जाने हो दुईवटै निर्वाचन जित्छौं। तर, मिलेर गएनौं भने त्यसको परिणाम सोचे जस्तो राम्रो होला जस्तो मलाई लाग्दैन।’

सिंहदबारको भ्रष्टाचार गाउँँ जान दिनु हुँदैन 
अहिले व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएको गुनासाहरू बढेका छन्। सिंहदरबारको भ्रष्टाचार गाउँ–गाउँ पुगेको भन्ने कुरालाई जनप्रतिनिधिहरुले चिर्नु पर्नेमा अभिमुखीकरणले दिएको छ। 

भीमसेन थापा गाउँपालिका गोरखाका उपाध्यक्ष अमृता वस्ती (भट्ट) जनप्रतिनिधिहरु जनताप्रति जवाफदेही बन्नुपर्ने कुरा निर्देशन भएको बताउँछिन्। 

उनी भन्छिन्, ‘कांग्रेसले आफ्ना दलका जन प्रतिनिधिहरुका लागि गरेको यो कार्यक्रम एकदमै जायज र समय सान्दर्भिक छ। स्थानीय तहमा हुने योजना तर्जुमादेखि न्यायिक समिति र उपसमिति गठन लगायतका विषयमा छलफल परामर्श पनि भयो। स्थानीय तहमा स्थानीय सरकारको हैसियतले काम गर्दै गर्दा सबैभन्दा पहिला जनमुखी काम कसरी गर्ने? यस्ता विषयमा प्रशिक्षित गरिएको छ।’

मिसन मंसिर ४
आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई मुलुककै ठूलो पार्टी बनाउन स्थानीय जनप्रतिनिधिहरु खटिनु पर्ने सुझाव समेत दिइएको छ। २०७४ को निर्वाचनमा विपक्षी गठबन्धनका कारण पार्टीले हार व्यहोर्नु परेको निष्कर्ष निकालिएको छ। तर, यसपटक कांग्रेसलाई गठबन्धनको साथ भएकाले स्थानीय जनप्रतिनिधिहरुलाई अग्रस्थानमा रहेर खट्न निर्देशन दिइएको छ। 

‘व्यक्तिगत स्वार्थका लागि काम गर्ने व्यक्तिहरु पराजित हुनेवाला छन्। जो जनताको काममा भिजिरहेको छ। स्थानीय स्तरमा गएर जनताको समस्या बुझ्न सक्ने र त्यो कार्यान्वयन गर्ने क्षमता भएका सबल नेतृत्वशील व्यक्तिलाई हामी विजयी गराउने कुरामा प्रतिवद्ध छौं’,  भीमसेन थापा गाउँपालिका गोरखाकी उपाध्यक्ष वस्तीले भनिन्।

रामप्रसादराई गाउँपालिका भोजपुरका उपाध्यक्ष वीरेन्द्र राई अभिमुखीकरण कार्यक्रम जनप्रतिनिधिहरुका लागि एकदमै उपलब्धिमूलक भएको दाबी गर्छन् । स्थानीय तहमा बजेट निर्माणदेखि हरेक काम पारदर्शी, जवाफदेही, सुशासन र गतिशील बनाउन सुझाव आएको राईले बताए।   

घोषणापत्र बिर्सन नहुने
कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखहरुलाई निर्वाचनमा जाँदा जनतामाझ गरेका बाचा र कबुल बिर्सन नहुने र सोही अनुरुप काम गर्न निर्देशन दिएको छ।

व्यास नगरपालिका तनहुँका उपप्रमुख इन्दिरा दरैले भनिन्, ‘हामी जनप्रतिनिधि भएर आइसकेको अवस्थामा यो अभिमुखीकरण कार्यक्रमले हामीलाई स्थानीय तहमा काम गर्न, भ्रष्टाचारमुक्त बनाउन र सुशासन कायम गर्नका लागि उत्पेरणा दिने उपलब्धिमूलक बन्यो।’

उनले अब फेरि मुलुकको नेतृत्व कांग्रेसकै हातमा आउने निश्चित रहेको दाबी गरिन्। ‘कांग्रेसभित्र पनि युवाहरुले नेतृत्व गर्नेछन्। युवाहरु नै यो देशका कर्णधार हुन्। युवाहरु नै यो देशमा केही गर्न खोजिरहेको अवस्थामा कांग्रेसका युवाहरुले सरकारको नेतृत्व गर्ने छन्’, दरैले भनिन्।  

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
एमाले महाधिवेशन:  ३०१ पदका लागि ६०३ उम्मेदवारी महाधिवेशन निर्वाचन आयोगका अनुसार ३ सय १ सदस्यीय केन्द्रीय कमिटीको संरचना ‘क्लस्टर’ तय गरिएको छ । यस पटक ४० वर्ष ननाघेका युवाका लागि... मंगलबार, पुस १, २०८२
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल अख्तियारबाट मगाउने आदेश पतञ्जलि जग्गा अनियमितता प्रकरणमा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लिरत्न श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हो । सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार दिउँसो ३ बजेपछि उम्मेदवारी दर्ताको समय तोकिएको थियो । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ । यी दुवै... सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
एमाले महाधिवेशन:  ३०१ पदका लागि ६०३ उम्मेदवारी मंगलबार, पुस १, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, पुस १, २०८२
जब शुक्रकिटदाताको शरीरमा भेटियो क्यान्सर गराउने जीन... सोमबार, मंसिर २९, २०८२
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल अख्तियारबाट मगाउने आदेश सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्