काठमाडौं– रौतहटको चन्द्रपुर नगरपालिका - २ मा बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।
काठमाडौंबाट सर्लाहीका लागि छुटेको बागमती प्रदेश ०३-००१ ख २०१ नम्बरको बसले पूर्वपश्चिम राजमार्गको लच्कामा प्रदेश २-०२-००१ ह २१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो। मृतक तीनैजना अटो रिक्सामा सवार थिए।
दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाही-२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा लुंगेलीकी श्रीमती सविना लुंगेली घाइते भएकी छन्। उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बसका चालक चन्दनकुमार साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।