लमजुङ– लमजुङमा जीप दुर्घटना भएको छ । जिल्लाको मर्स्याङदी गाउँपालिका–२, काँफलडाँडामा बुधबार बेलुका जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
बेलुका करिब ५ बजेतिर बेँशीसहरबाट घनपोखरा भाचेतर्फ जाँदै गरेको ग१ज ७४१७ नम्वरको जीप धनपोखराको काफलडाँडास्थित सडकबाट खसेको थियो।
घाइतहरुमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । गम्भीर घाइते मर्स्याङ्दी गाउँपालिका–२ की वर्ष ५३ की इन्द्रदेवी घलेलाई नयाँ मेडिकल कलेज चितवन पठाइएको छ ।
घाइते हुनेहरुमा मर्स्याङ्दी–२ का वर्ष ५२ का चित्र बहादुर गुरुङ, वडा नम्बर ६ का वर्ष २३ का मिलन विक, वर्ष २५ का करिना सुनार, दुई वर्षीय रिजन विक, वर्ष २५ का सोमनाथ विक रहेका छन् ।
यस्तै अन्य घाइतेहरुमा सोही वडाका वर्ष ५६ का सुन माया गुरुङ, वर्ष १९ का रेखा विक, वर्ष ३१ का बुद्धी बहादुर गुरुङ, वर्ष ७ का राजीप गुरुङ, ३४ वर्षीया का शिवकुमारी गुरुङ, वर्ष २ का रियन्स गुरुङ, वर्ष ३० की मनु विक, वर्ष ४ की कृतीका विक र वर्ष ३१ का शेषबहादुर गुरुङ रहेका छन्।
जीप चालक मर्स्याङ्दी गाउँपालिका–२ बस्ने ३६ वर्षीय अजय विक सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उता बुधबार दिउँसो दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । चालकसहित अन्य ९ जनाा घाइते भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।