दार्चुला– आज दिउँसो दार्चुलामा भएको जीप दुर्घटनाका मृतकहरुको पहिचान खुलेको छ।
जिल्लाकाे शैल्यशिखर नगरपालिका-६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुदाँ दुई महिलासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा ज्यान गुमाउनेमा बझाङको बुङगल नगरपालिकाका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र उनकी श्रीमती चम्फा बोहरा रहेका छन्।
जीप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित थप नौ जना घाइते भएका छन्। घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पाँच जनाको सिट पास रहेको जीपमा १४ जना बोकेको पाइएको छ। घाइतेहरुको स्थानीय र प्रहरीले उद्धार गरेका थिए। दुर्घटना कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जीप क्षतिग्रष्त भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।