काठमाडौं- स्वचालित विद्युतीय प्रणालीमा आधारित योगदानकर्ता सापटी सेवा प्रवाहको सुरु भएको छ। साथै एसएसएफ एपको सञ्चालन सुरु भएको छ।
योगदान कर्ताले अस्पतालमा उपचारका लागि योग्य रहे नरहेको बारेमा जानकारी लिनका अतिरिक्त कोषबाट प्रदान गरिने अन्य विभिन्न सुविधाहरू पाउनेछन्। योगदानकर्ताले आफ्नै मोबाइलमार्फत उपयोग गर्न सक्ने गरी स्वचालित विद्युतीय प्रणालीमा आधारित एसएसएफ एपको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले बुधबार सार्वजनिक गरेका हुन्।
उक्त एपमार्फत कोषका योगदानकर्ताहरूले कोषमा जम्मा भएको आफ्नो रकमबारे जानकारी पाउनुका साथै आफ्नो केवाइसी भर्न सक्नेछन् । अवकाश हुँदा अवकाश योजनाको रकम भुक्तानी लिन, योगदानकर्ता विशेष सापटीका लागि आवेदन दिन सकिने जनाइएकाे छ।
'सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७' अनुसारको योगदानकर्ता सापटीअन्तर्गत कोषले योगदानकर्ताको अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी स्वरुप पाइनेछ।
मन्त्री कुँवरले कोषका योगदानकर्ताद्वयरू विनयकुमार महतो र पवनबाबु प्रधान र अवकाश भुक्तानी बापत केशव खड्का तथा सोल्टी होटेलबाट अवकाश पाएकालाई प्रदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।