काठमाडौं– कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला सुनाउने दिन आइतबारलाई सरेको छ। यसअघि उक्त मुद्दामा बुधबार फैसला सुनाउने गरी निसु (निर्णय सुनाउने दिन) तोकिएको थियो।
बुधबार सुनुवाइका लागि समय नपुगेपछि आइतबारका लागि सरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
करिव ९९ थान रिटमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि वुधबारको मिति तोकिएको थियो। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित पाँच न्यायाधीशको इजलासमा रहेको पेसी पहिलोपटक सरेको हो।
यो मुद्दामा फैसला नहुँदा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको कामले पूर्णता पाउने सकेको छैन।
सरकारले समायोजनाका लागि पठाएपछि कर्मचारीहरुले अदालतको मुद्दा देखाउँदै आएका छन्। त्यस्तै, लोक सेवा आयोगले पनि नयाँ विज्ञापन रोकिँदै आएको छ। सर्वोच्चले सुनाउने फैसलाका आधारमा नयाँ विज्ञापन गर्नुपर्ने भएकाले लोक सेवा आयोग पनि यो फैसला कुरेर बसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।