काठमाडौं– दार्जुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गोकुलेश्वरबाट सदरमुकाम खलंगा आइरहेको जीप दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जीप बुधबार अपराह्न दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा चार जना पुरुष रहेका छन् भने एक जना महिला रहेकी छन्।
मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वरतर्फको क्षेत्रमा जीप दुर्घटना भएको हो। मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी घटनास्थलतर्फ गइरहेको छ। दुर्घटनामा परी ५ जना घाइते भएका छन्।
1660737597.jpg)
उद्धारका लागि स्थानीय खटिएका छन्। घटनास्थलमा पुगेपछि मात्रै घटनाबारे पूरा विवरण आउने जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतिक विष्टले जानकारी दिए।
1660737597.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।