• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘पहिलोपटक’ विवादरहित ढंगबाट जिल्ला न्यायाधीशको नियुक्ति सिफारिस, भागबण्डा र आफन्तको कोटा रोकिएको दाबी

64x64
नेपाल लाइभ बुधबार, भदौ १, २०७९  ११:३८
1140x725

काठमाडौं–  न्याय परिषद्ले ‘पहिलोपटक’ विवादरहित ढंगबाट जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ। यसअघि जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दा हरेकपटकजसो विवादित हुने गरेको थियो। 

कानुनविद्‌हरुका अनुसार यसअघि परिषदले गर्ने नियुक्ति दुई कारणले विवादमा पर्ने गरेका थिए। राजनीतिक दलका व्यक्ति र परिषद्‌का पदाधिकारीले गर्ने भागबण्डा र आफन्तहरुलाई नियुक्त गरेको भनेर परिषद्‌का नियुक्तिहरु विवादमा पर्ने गरेका थिए। 

तर, यसपटक भने राजनीतिक भागबण्डा र आफन्त भर्तीबाट ‘मुक्त’ भएर जिल्ला न्यायाधीशको नियुक्ति सिफारिस भएको परिषद्‌का सदस्य एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (बन्दी)को दाबी छ। 

विगतमा हरेक सिफारिसमा मुद्दा पर्नेदेखि  कसको को आफन्त र कसको कोटाका को व्यक्ति नियुक्ति हुँदैछन् भन्ने समाचार आउने गरेको भएपनि यसपटक त्यस्तो सुन्नु नपर्ने मन्त्री कोइरालाको भनाइ छ। 

मंगलबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशमा आवेदन दिएका मध्येबाट २१ जनालाई नियुक्तिका लागि सिफारिस गरेको थियो। 

परिषद्‌ले उच्च र जिल्लामा न्यायाधीश नियुक्त गर्दा आर्थिक चलखेल हुने गरेको आरोप समेत लाग्ने गरेको थियो। सक्षम व्यक्तिहरु न्यायाधीश नियुक्त नहुने, तर कोटा, आफन्त र आर्थिक चलखेलका आधारमा न्यायाधीश नियुक्त हुने गरेको भन्दै विवादित बन्ने गरेको थियो। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि न्यायालयको नेतृत्वमा (कामु प्रधानन्यायाधीशको रुपमा) पुग्दा दीपककुमार कार्कीले न्यायाधीश नियुक्तिमा हुने चलखेल अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्कीकै चाहनाअनुसार जिल्ला र उच्च अदालतका न्यायाधीश नियुक्तिका लागि मापदण्ड समेत निर्माण भयो। 

उक्त मापदण्डअनुसार जिल्ला न्यायाधीश नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धा गराउनेगरी आवेदन खुलाइएको थियो। उक्त आवेदनमा २०० जनाले निवेदन दिएका थिए। साउन १० मा परिषद्ले आवेदन दिएकामध्ये ६३ जना न्यायाधीशको संक्षिप्त सूची प्रकाशन गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

परिषद्ले हालै बनेको न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका बमोजिम संक्षिप्त सूचीमा परेका व्यक्तिविरुद्ध कुनै उजुरी भएमा ७ दिनभित्र दिन सार्वजनिक सूचना प्रकाशन गरेको थियो।  उनीहरुमाथि परेको उजुरीपछि वरिष्ठता, समावेशीता र योग्यता सबै कुरा हेरेर न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको कानुनमन्त्री कोइरालाले बताए। 

मंगलबार जिल्ला न्यायाधीश नियुक्तिको सिफारिसमा परेकाहरूमा महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ताहरू टेकबहादुर कार्की र प्रकाश कोइराला छन्। उनीहरु सरकारी वकिलका समूहका वरिष्ठतम् अधिकारी थिए।  वरिष्ठताको पहिलो नम्बरमा रहेका हरिशंकर ज्ञवालीले जिल्ला न्यायाधीशमा नजाने बताएपछि उनीपछिका वरिष्ठहरुलाई सिफारिस गरिएकोहो ।

सर्वोच्च अदालतका सम्पादक ध्रुवकुमार ढकाल पनि जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिसमा परेका छन्। त्यस्तै, सर्वोच्च अदालतका इजलास अधिकृतहरू विकास श्रेष्ठ र नवराज दुलाल तथा भक्तपुर जिल्ला अदालतका श्रेस्तेदार जगन्नाथ पौडेल जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिसमा परेका छन्। 

ऋण असुली न्यायाधीकरणका कानुन सदस्य विष्णुप्रसाद रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका कानुन उपसचिव पुरुषोत्तम नेपाल, उच्च सरकारी वकिल कार्यालय, तुलसीपुरका उपन्यायाधिवक्ता राजेश्वर अर्याल, उच्च सरकारी वकिल कार्यालय, ओखलढुंगाका उपन्यायाधिवक्ता महेन्द्रबहादुर थापा क्षेत्री, सर्वोच्च अदालतका इजलास अधिकृतहरू भीमबहादुर निरौला, रामानन्दप्रसाद अधिकारीर मोहन सुवेदी जिल्ला न्यायाधीश नियुक्तका लागि सिफारिसमा परेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

न्याय परिषद्ले उच्च अदालत सुर्खेत, जुम्ला इजलासका रजिष्ट्रार सुरेशराज खनाल, जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका जिल्ला न्यायाधिवक्ता (हाल काजः सत्य निरुपण तथा मेलमिलाप आयोग) निर्मला शर्मा सुवेदी, सर्वोच्च अदालतका इजलास अधिकृत हर्कबहादुर क्षेत्री र राष्ट्रपतिको कार्यालयकी उचसिचव पूर्णिमा कोइरालालाई पनि न्यायाधीशमा सिफारिसमा परेकी छन्। 

सिफारिसमा परेका अन्य कर्मचारीहरूमा सर्वोच्च अदालतका इजलास अधिकृतहरू तारादेवी महर्जन, भगवती शर्मा ढुंगाना र डल्लुराम चौधरी तथा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका उपरजिष्ट्रार ताराकुमारी शर्मा रहेका छन्। परिषद्को सिफारिस पछि अब कामु प्रधानन्यायाधीश कार्कीले उनीहरूलाई जिल्ला न्यायाधीश नियुक्त गर्नेछन्।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ११:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्