• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २१, २०८२ Mon, Jan 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘पहिलोपटक’ विवादरहित ढंगबाट जिल्ला न्यायाधीशको नियुक्ति सिफारिस, भागबण्डा र आफन्तको कोटा रोकिएको दाबी

64x64
नेपाल लाइभ बुधबार, भदौ १, २०७९  ११:३८
1140x725

काठमाडौं–  न्याय परिषद्ले ‘पहिलोपटक’ विवादरहित ढंगबाट जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ। यसअघि जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दा हरेकपटकजसो विवादित हुने गरेको थियो। 

कानुनविद्‌हरुका अनुसार यसअघि परिषदले गर्ने नियुक्ति दुई कारणले विवादमा पर्ने गरेका थिए। राजनीतिक दलका व्यक्ति र परिषद्‌का पदाधिकारीले गर्ने भागबण्डा र आफन्तहरुलाई नियुक्त गरेको भनेर परिषद्‌का नियुक्तिहरु विवादमा पर्ने गरेका थिए। 

तर, यसपटक भने राजनीतिक भागबण्डा र आफन्त भर्तीबाट ‘मुक्त’ भएर जिल्ला न्यायाधीशको नियुक्ति सिफारिस भएको परिषद्‌का सदस्य एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (बन्दी)को दाबी छ। 

विगतमा हरेक सिफारिसमा मुद्दा पर्नेदेखि  कसको को आफन्त र कसको कोटाका को व्यक्ति नियुक्ति हुँदैछन् भन्ने समाचार आउने गरेको भएपनि यसपटक त्यस्तो सुन्नु नपर्ने मन्त्री कोइरालाको भनाइ छ। 

मंगलबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशमा आवेदन दिएका मध्येबाट २१ जनालाई नियुक्तिका लागि सिफारिस गरेको थियो। 

परिषद्‌ले उच्च र जिल्लामा न्यायाधीश नियुक्त गर्दा आर्थिक चलखेल हुने गरेको आरोप समेत लाग्ने गरेको थियो। सक्षम व्यक्तिहरु न्यायाधीश नियुक्त नहुने, तर कोटा, आफन्त र आर्थिक चलखेलका आधारमा न्यायाधीश नियुक्त हुने गरेको भन्दै विवादित बन्ने गरेको थियो। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि न्यायालयको नेतृत्वमा (कामु प्रधानन्यायाधीशको रुपमा) पुग्दा दीपककुमार कार्कीले न्यायाधीश नियुक्तिमा हुने चलखेल अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्कीकै चाहनाअनुसार जिल्ला र उच्च अदालतका न्यायाधीश नियुक्तिका लागि मापदण्ड समेत निर्माण भयो। 

उक्त मापदण्डअनुसार जिल्ला न्यायाधीश नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धा गराउनेगरी आवेदन खुलाइएको थियो। उक्त आवेदनमा २०० जनाले निवेदन दिएका थिए। साउन १० मा परिषद्ले आवेदन दिएकामध्ये ६३ जना न्यायाधीशको संक्षिप्त सूची प्रकाशन गरेको थियो। 

Ncell 2
Ncell 2

परिषद्ले हालै बनेको न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका बमोजिम संक्षिप्त सूचीमा परेका व्यक्तिविरुद्ध कुनै उजुरी भएमा ७ दिनभित्र दिन सार्वजनिक सूचना प्रकाशन गरेको थियो।  उनीहरुमाथि परेको उजुरीपछि वरिष्ठता, समावेशीता र योग्यता सबै कुरा हेरेर न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको कानुनमन्त्री कोइरालाले बताए। 

मंगलबार जिल्ला न्यायाधीश नियुक्तिको सिफारिसमा परेकाहरूमा महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ताहरू टेकबहादुर कार्की र प्रकाश कोइराला छन्। उनीहरु सरकारी वकिलका समूहका वरिष्ठतम् अधिकारी थिए।  वरिष्ठताको पहिलो नम्बरमा रहेका हरिशंकर ज्ञवालीले जिल्ला न्यायाधीशमा नजाने बताएपछि उनीपछिका वरिष्ठहरुलाई सिफारिस गरिएकोहो ।

सर्वोच्च अदालतका सम्पादक ध्रुवकुमार ढकाल पनि जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिसमा परेका छन्। त्यस्तै, सर्वोच्च अदालतका इजलास अधिकृतहरू विकास श्रेष्ठ र नवराज दुलाल तथा भक्तपुर जिल्ला अदालतका श्रेस्तेदार जगन्नाथ पौडेल जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिसमा परेका छन्। 

ऋण असुली न्यायाधीकरणका कानुन सदस्य विष्णुप्रसाद रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका कानुन उपसचिव पुरुषोत्तम नेपाल, उच्च सरकारी वकिल कार्यालय, तुलसीपुरका उपन्यायाधिवक्ता राजेश्वर अर्याल, उच्च सरकारी वकिल कार्यालय, ओखलढुंगाका उपन्यायाधिवक्ता महेन्द्रबहादुर थापा क्षेत्री, सर्वोच्च अदालतका इजलास अधिकृतहरू भीमबहादुर निरौला, रामानन्दप्रसाद अधिकारीर मोहन सुवेदी जिल्ला न्यायाधीश नियुक्तका लागि सिफारिसमा परेका छन्। 

न्याय परिषद्ले उच्च अदालत सुर्खेत, जुम्ला इजलासका रजिष्ट्रार सुरेशराज खनाल, जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका जिल्ला न्यायाधिवक्ता (हाल काजः सत्य निरुपण तथा मेलमिलाप आयोग) निर्मला शर्मा सुवेदी, सर्वोच्च अदालतका इजलास अधिकृत हर्कबहादुर क्षेत्री र राष्ट्रपतिको कार्यालयकी उचसिचव पूर्णिमा कोइरालालाई पनि न्यायाधीशमा सिफारिसमा परेकी छन्। 

सिफारिसमा परेका अन्य कर्मचारीहरूमा सर्वोच्च अदालतका इजलास अधिकृतहरू तारादेवी महर्जन, भगवती शर्मा ढुंगाना र डल्लुराम चौधरी तथा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका उपरजिष्ट्रार ताराकुमारी शर्मा रहेका छन्। परिषद्को सिफारिस पछि अब कामु प्रधानन्यायाधीश कार्कीले उनीहरूलाई जिल्ला न्यायाधीश नियुक्त गर्नेछन्।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ११:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत
सम्बन्धित सामग्री
झापामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय शनिबार, पुस १९, २०८२
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना... शनिबार, पुस १९, २०८२
भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले जहाज रन-वेभन्दा बाहिर गएको भए पनि यात्रु र चालक दल सुरक्षित छन् । तर, जहाजमा क्ष... शुक्रबार, पुस १८, २०८२
ताजा समाचारसबै
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्