• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

‘जीवनमा कति कुरा आफूले चाहेर पनि हुँदैन’

64x64
दीप सुवेदी बुधबार, भदौ १, २०७९  ०७:४९
1140x725

काठमाडौं–  मुख्य प्रशिक्षक मनोज प्रभाकर नियुक्त भएको भोलिपल्ट नै नेपाल क्रिकेट संघ (क्यान)ले केन्या भ्रमणको लागि राष्ट्रिय टोलीको घोषणा गरेको थियो। भदौ दोस्रो सातादेखि घरेलु टोली केन्याविरुद्ध हुने ५ टी–२० र ३ एकदिवसीय अभ्यास सिरिजका लागि लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली युवा टोली घोषणा हुँदा ओपनर कुशल भुर्तेल र विकेटकिपर विनोट भण्डारी भने अटाउन सकेनन्। 

तर, गत फागुनमा यूएईमा आयोजना भएको आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर फर्किएयता राष्ट्रिय टोलीबाट बाहिर रहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले भने अप्रत्यासित रुपमा पुनरागमन गरे। ५ महिनापछि राष्ट्रिय टोलीसँग प्रशिक्षण गर्न सोमबार र मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उत्रिएका ज्ञानेन्द्र पुनरागमनको खुशी मनाइरहेका थिए।

‘पुनरागमन गर्नु खुशीको कुरा हो। एउटा खेलाडीको रुपमा जहिले पनि शतप्रतिशत दिएर खेलौं भन्ने हुन्छ। टिमलाई योगदान गर्नसक्छु भन्ने हिसाबले टोलीमा फेरि आउन पाएकोमा खुशी छु,’ उनले भने।

सन् २००६ को ‘इन्टरकन्टिनेन्टल कप’मा नामिवियाविरूद्ध डेब्यू गरेका ज्ञानेन्द्र डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय करिअरमा पहिलोपटक राष्ट्रिय टोलीबाट बाहिर बसेका हुन्। उनको अनुपस्थितिमा नेपालले यस अवधिमा तीन आधिकारिक र दुई अनौपचारिक सिरिज खेलेको थियो। यी पाँचै सिरिजमा ज्ञानेन्द्रलाई नै बाहिर राखेर पूर्वप्रशिक्षक पुबुदु दासानायकेले युवा टोली प्रयोग गरेका थिए।  जब उनको पुनरागमनबारे प्रश्न उठ्थ्यो क्यानको एकै जवाफ हुन्थ्यो ‘सिनियर खेलाडीलाई आराम दिएर युवालाई मौका दिइएको हो। क्याम्पमा राम्रो प्रदर्शन गरे उनीहरुलाई पनि बोलाइन्छ।’ 

ज्ञानेन्द्रसँगै केही खेलबाट बाहिर रहेका विकेटकिपर विनोद भण्डारीको हकमा भने त्यो लागू भयो। उनी गत वैशाखमा घरेलु मैदानमा आयोजना भएको जिम्बाबे ‘ए’ विरुद्धको सिरिजमार्फत् पुनरागमन गर्न सफल भए। तर, ज्ञानेन्द्रले भने पुनरागमन गर्न सकेनन्। यसबीचमा अनुभवी खेलाडीलाई बाहिर राखेर प्रतिशोध लिएको भन्दै क्यानको थ्रुपै आलोचना भयो। 

त्यसबेला ज्ञानेन्द्रसहित केही खेलाडी बारम्बार राष्ट्रिय टोलीमा नपर्नु क्यासँगको टकरावलाई लिएको थियो। खासगरी खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा आवाज उठाउने समूहको नेतृत्व गरेका ज्ञानेन्द्रले क्यानबाट अनुशासनको कारबाहीस्वरुप कप्तान पद गुमाएका थिए।

‘जीवनमा कति कुरा आफूले चाहेर पनि हुँदैन’
गत मार्चमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयोजक यूएईसहित र पपुवा न्यूगिनी सम्मेलित आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेको थियो। एकदिवसीय विश्वकप छनोटको प्रारम्भिक चरण र मान्यता कायम राख्नका लागि महत्त्वपूर्ण मानिएको यो सिरिजको शीर्ष ५ मा उक्लिने लक्ष्यसहित यूएई पुगेको नेपालले ४ खेलमा भने सोचेअनरुप प्रदर्शन गर्न सकेन। 

४ खेलमध्ये पपुवा न्यूगिनीविरुद्ध दुई जित निकालेको नेपाल यूएईविरुद्धको दुवै खेलमा भने नराम्ररी पराजित हुन पुग्यो। ५० ओभरको यी दुवै खेलमा नेपालले १२० रन पनि कटाउन सकेन। यसको मुख्य कारण कमजोर र गैरजिम्मेवार ब्याटिङ नै थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

Gyanendra1660701795.jpg

नेपालका आशा गरिएका भनिएका ब्याटर कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले यी दुवै खेलमा आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न सकेनन्। तर, यस्तो एक ब्याटर थिए, जो यी दुवै खेलमा एक ‘साइट’बाट ‘इनिङ्स होल्ड’ गरेर खेल्ने प्रयास गरिरहेका थिए। ती थिए, ज्ञानेन्द्र।

मार्च १८ मा यूएईसँग भएको पहिलो खेलमा उनले ६२ बलमा १ चौकासहित २८ रन जोडेका थिए। त्यसको तीन दिनपछि पुन: यूएईविरुद्ध भएको खेलमा पनि उनले ६५ बलमा २ चौकासहित ३० रन बनाए। यी खेलमा कुशल, आरिफ, आशिफ र दीपेन्द्रले गैरजिम्मेवार ब्याटिङ गर्दै १५ रन पनि कटाउन सकेनन्। उनीहरुकै कारण नेपालले पहिलो खेलमा ४८ र दोस्रो खेलमा ९९ रनको लज्जास्पद हार बेहोर्न बाध्य भयो। 

त्यसको भोलिपल्ट नेपाली क्रिकेटमा ‘ट्वीस्ट’ थपियो। पपुवा न्यूगिनीसँग भएको दोस्रो खेलमा भने ज्ञानेन्द्रलाई ‘प्लेइङ सेट’मा अटाउन सकेनन्। सिरिजमा बलियो देखिएको यूएईसँग ठिकठाक प्रदर्शन गरेका ज्ञानेन्द्रलाई पपुवा न्यूगिनीसँगको अन्तिम खेलमा भने ‘प्लेइङ सेट’मा नराख्नुले धेरै शंका–उपशंका उब्जाएको थियो। 

Xtrem

Xtrem

तर, त्यसबेला तत्कालीन मुख्य प्रशिक्षक पुबुदु भने युवा खेलाडीलाई मौका दिन उनलाई बाहिर राखेको सफाइ दिइरहेका थिए। उनको यो बाहनाबाजी राजीनामा नदिउन्जेल यसरी नै चलिरह्यो। यता, नेपालले पनि सिरिज खेल्दै गयो। तर, ज्ञानेन्द्र भने टोलीमा पर्न सकेनन्। 

यसबीचमा ज्ञानेन्द्रले समय मिलेसम्म नेपालको खेल हेरे। त्रिवि क्रिकेट मैदान र टोलीलाई पनि खुबै सम्झिए। ‘नेपाली खेलाडीको करिअरमा तलमाथि भइराख्छ। सधैं राम्रो हुन्छ भन्ने हुँदैन। सधैं नराम्रो हुन्छ भन्ने पनि हुँदैन। तर, जीवनमा कति कुरा आफूले चाहेर पनि हुँदैन,’ उनी भन्छन्,‘ करिअरमा तलमाथि भइरहेको बेला आफैंले आफैंलाई कन्ट्रोलमा राखेँ। तर, त्योबेला ग्राउन्ड खुबै मिस हुन्थ्यो।’ 

ब्याटिङमा सुधारको खाँचो
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य समस्या ब्याटिङ हो। नेपालले हारेको सबै खेल कमजोर ब्याटिङ नै कारण बन्दै आएको छ। अन्य एसोसियट टोलीले आधुनिक क्रिकेट खेल्दा नेपाल दशक अघिकै ‘डिफेन्सिङ’ शैलीमा खेलिरहेको छ। डिभिजन ५ देखि तीनसम्म उपाधि, टी–२० विश्वकप र एकदिवसीय मान्यता जस्ता ठूला उपलब्धि नेपालले उत्कृष्ट बलिङकै भरमा हात पारेको हो। कमजोर ब्याटिङकै कारण नेपालले विश्व क्रिकेटमा क्षमता अनुसार फड्को मार्न सकेको छैन। 

पछिल्लो समय नेपाली टोली ब्याटिङमा कमजोर देखिनु तालमेलको कमी भएको ज्ञानेन्द्रको बुझाइ छ। ‘हामीसँग तालमेलको कमी छ। कतिपय कुरा आफूलाई थाहा हुँदैन। मानसिक रुपमा पछि परेको हुनसक्छ, टेक्निकल रुपमा असफल भएको हुन्छ। त्यसलाई सुधार गर्नुपर्छ। त्यसको लागि सबै खेलाडीलाई कम्युनिकेसनमा बाँधेर राखे सजिलो हुन्छ,’ उनले भने।

Gyanendra-malla1660701796.gif

तर, मुख्य प्रशिक्षक मनोज प्रभाकर आफैंमा एक अनुभवी खेलाडी रहेको बताउँदै मल्ल नेपाली टोलीमा देखिएको समस्या क्रमश : सुधार हुँदै जानेमा विश्वास्त देखिन्छन्। ‘पहिला देखिनै हामीले ब्याटिङलाई लिएर धेरै कुरा गर्छौं। अहिले पनि तीन सय रन सधैं हानेर जिताउने अवस्था छैन। त्यसैमा अझ मिहिनेत गर्नुपर्ने हुन्छ। उहाँ (प्रशिक्षक) आफैं एक अनुभवी खेलाडी हुनुन्छ। उहाँले जुन स्तरमा खेल्नु भएको छ, त्यहाँ खेल्न हामीले सोचिरहेका छौं। उहाँ बेसिक कुरामा ध्यान केन्द्रित गराउनुहुन्छ,’ ज्ञानेन्द्र भन्छन्।

ज्ञानेन्द्रको भूमिका अस्पष्ट
वर्तमान परिवेशअनुसार सिनियर खेलाडीहरूलाई टोलीमा फर्किन भने सहज छैन। ज्ञानेन्द्रले खेल्ने तेस्रो नम्बरमा पछिल्लो पटक यू–१९ टोलीका कप्तान देव खनालले राम्रो प्रदर्शन गरिरहेका छन्। १७ वर्षीय देवले गत मार्चमा कीर्तिपुरमा सम्पन्न पपुवा न्यूगिनीसँगको एकदिवसीय सिरिजमार्फत् नेपाली टोलीमा ‘डेब्यू’ गरेका थिए। 

नेपाली टोलीबाट १० एकदिवसीय प्रतियोगिता खेलिसकेका देवले २ अर्धशतकसहित २५३ रन बनाइसकेका छन्। देवसँगै अर्का युवा अलराउण्डर बसिर अहमद र यू–१९ टोलीका विकेटकिपर ब्याटर अर्जनु साउद पनि सिनियर टोलीमा थपिएका छन्। कुशल नहुँदा आसिफसँग ज्ञानेन्द्र वा देवमध्ये एक ओपनिङमा उत्रिने छन्। देवले दुबईमा भएको यू–१९ एसिया कपमा अर्जुन कुमाल र सन्तोष कार्कीसँग ओपनिङ गरेका थिए।

यता, ज्ञानेन्द्रले पनि अनिल मण्डल र पूर्वकप्तान पारस खड्कालगायतका खेलाडीसँग बेलाबखत ओपनिङ गरेका थिए। ज्ञानेन्द्र ओपनिङमा उत्रिए देव यसअघिकै ब्याटिङ अर्डरमा कृजमा उत्रिने छन्। 

आसिफलाई विश्राम दिइयो भने पनि ज्ञानेन्द्र र देवलाई ओपनिङमा उतार्न सकिन्छ। यी दुई खेलाडी ओपनिङमा उत्रिए पहिलो पटक राष्ट्रिय टोलीमा परेका अर्जुनलाई देव र ज्ञानेन्द्रको स्थानमा उतार्न सकिन्छ। ज्ञानेन्द्रलाई विश्राम दिएर तेस्रो नम्बरमा अर्जुनलाई उतार्ने सम्भावना पनि उत्तिकै छ। 

यू–१९ एसिया कपभन्दा अगाडि  आयोजना भएको यू–१९ राष्ट्रिय प्रतियोगिता अर्जुनले सुदूरपश्चिम प्रदेशबाट खेल्दै एक शतक र अर्धशतकसहित २४१ रन बनाएका थिए। उनले यू–१९ एसिया कपमा श्रीलंकाविरुद्ध ८० बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ६४ रन बनाएका थिए। 

यता, केही समय अघिसम्म ब्याटिङतर्फ नेपालका लागि सर्वाधिक रन बनाउने कीर्तिमान ज्ञानेन्द्रकै नाममा थियो। ज्ञानेन्द्रले १९ एकदिवसीय खेलमा ४ अर्धशसहित ४८० रन बनाएका छन्। उनलाई एकदिवसीयमा आरिफ र आसिफ शेख, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले पछ्याइरहेका छन्। 

1606310834_Gyanendra-Malla1660701795.jpg

४० खेलबाट १ शतक र ४ अर्धशतकसहित ७४८ रन बनाएका ज्ञानेन्द्र मल्ल टी–२० मा सर्वाधिक रन बनाउनेमा तेस्रो स्थानमा छन्। सन्यास लिइसकेका पूर्वकप्तान पारस खड्काले ७९९ रन बनाएका छन्। 

सिरिजका लागि नेपालले ७ भदौदेखि २० सम्म केन्याको भ्रमण गर्दैछ। यस सिरिजका लागि नेपाली टोली ७ भदौमा केन्या पुग्ने तालिका छ। नेपालले सुरुआतमा टी–२० सिरिज खेल्नेछ। 

पहिलो टी–२० खेल ९ भदौमा हुनेछ। यस्तै, अन्तिम टी–२० खेल १४ भदौमा हुनेछ। पहिलो एकदिवसीय खेल १७ भदौमा हुने छ। अन्तिम एकदिवसीय खेल २० भदौमा हुने छ। दुवै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ।

राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोजले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टोली सम्हाल्नेछन्। 

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ०७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार भएको दोस्रो खेलमा भिक्ट्री किङ्सले टिम जुम्लालाई ९ विकेटले पराजित गर्‍यो। टिम जुम्लाले दिएको ९९ रनको लक्ष्य भिक्ट्री किङ्सले... बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्