काठमाडौं– भारतीय क्रिकेट टिमका ब्याट्सम्यान श्रेयस अय्यर अस्ट्रेलियाविरुद्धको तेस्रो खेलका क्रममा लागेको चोटकका कारण अस्पतालमा भर्ना भएका छन् ।
चिकित्सकले उनको अवस्था अहिले ठीक रहेको बताएका छन् । उनलाई स्प्लीनमा चोट लागेको थियो ।
एक दिवसीय शृंखलाको तेस्रो खेलको ३४ औं ओभरमा एलेक्स क्यारीलाई आउट गर्नेक्रममा क्याच लिन पछाडी दौडिने क्रममा उनी बायाँतर्फ लडेका थिए । पीडाले छट्पटाइरहेका अय्यरलाई मैदानभित्रै प्राथमिक उपचार गरे पनि चोट गम्भीर भएकाले अस्पताल लिइएको थियो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले उनी तत्काल टिममा फिर्ता हुनेबारे कुनै जानकारी दिएको छैन । तर उनको अवस्था स्थिर रहेको बताइएको छ ।
सोमबार बीसीसीआईले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘२५ अक्टोबरमा श्रेयर अय्यरलाई सिड्नीमा अस्ट्रेलियाविरुद्ध खेलिएको तेस्रो एक दिवसीय खेलका क्रममा मैदानमा फिल्डिङ गर्ने क्रममा बायाँ करङको मुनि चोट लागेको छ । यसपछि उनलाई चेकजाँचका लागि अस्पताल लगिएको छ ।’
स्क्यान गर्दा उनको स्प्लीनमा चोट लागेको पाइएको छ । उनको उपचार जारी रहेको र सुधार भइरहेको बीसीसीआईले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।