• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अपमानजनक नाम 'सच्याउन नमान्ने' दैलेखका प्रजिअलाई कारवाही गर्न माग

64x64
नेपाल लाइभ मंगलबार, साउन ३१, २०७९  २१:३६
1140x725

काठमाडौँ‍-  विगत केहि हप्तादेखि नागरिकता बनाउँदा व्यक्तिको अपमानजनक नाम राखिएको कुराले चर्चा पाएको छ। उक्त चर्चा चिया चौतारीदेखि संसदसम्म नै उठेको छ। 

मान्छेको नामको साटो अपमानजनक नाम र जनावरको नाम राखेर नागरिकता बनाइएको भन्दै सर्वत्र विरोध हुंदै आएको छ। त्यहि चौतर्फी विरोधपश्चात् गृह मन्त्रालयले त्यस्ता अपमानजनक नाम भएकाहरुलाई प्रमाण पुर्याएर नाम फेर्न पाउने व्यवस्था गरिएकाे जनाएको छ। 

दैलेख जिल्लाको भगवतीमाइ गाउँपालिका-५ का कर्ण विकलाई २०५६ मा नागरिकता बनाउँदा ठगे कामी बनाएकोमा सच्याउन जाँदा जिल्ला प्रशासन कार्यालयले सच्याउन आनाकानी गरेको हो। 

दैलेखकी सांसद पार्वती कुमारी विशुन्केले आफ्नो सामाजिक संजालमा लेखेकी छन्, ‘दैलेख जिल्ला प्रशासनमा सिंँगो दलित समुदायको अपमान हुने गरी प्रशासकले जुन हर्कत र अमानवीय तथा अपमानजनक र जातीय विभेदलाई प्रश्रय दिने गरि जुन व्यवहार गरे त्यसप्रति मेरो गम्भीर ध्यानकर्षण भएको छ। अपमानित नाम सच्चाउन प्रक्रिया पुर्याएर गएका कर्णबहादुरको निवेदन च्यात्नु र विवरण भरेको नागरिकता फारममा केरमेट गर्नु कानुन विपरितको कार्य हो।’

जिल्ला प्रशासन कार्यालयले अमानवीय तथा अपमानजनक नाम फेर्न आनाकानी गरेको उनले बताएकी छन्। विशुन्केले मान्छे हुनको लागि बारम्बार लडिरहेको दलित समुदायलाई भइरहेको अपमानजनक व्यवस्था कसरी अन्त्य गर्न सकिन्छ भनेर प्रश्न उठाएकी हुन्। 

‘नामबाटै अपमानित भएका दलित समुदायका व्यक्तिले प्रक्रिया पुर्याएर नाम सच्याउन निवेदन दिँदा दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले अपमानजनक व्यवहार गरेको पाइएको छ,’ उनले भनिन्, ‘साउन १७ गते विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा नाममा नै अपमान दलितलाई भनेर छापियो। उक्त समाचारमा दैलेखका ६२ वर्षीय ‘करवीर कामी’ लाई ‘कुकुरे कामी’, सोही जिल्लाका  ३५ वर्षीय कुलबहादुर बादीलाई फ्याउरे बादी, ६५ वर्षीय सिंह बहादुर कामीलाई सिँगाने कामी, बागलुङकी ४७ वर्षीय कोपिला कामीलाई कुकुर्नी कामी र रुकुमका ६१ वर्षीय कुलबहादुर कामीलाई कुत्ता बादी नाम राखियो। २०४४ र २०४६ सालमा गाउँमा नागरिकता बनाउने टोलीमा अटिएका अधिकारीले यसरी पशु नाम मान्छे सँग जोडेर नागरिकता जारी गरिएको थियो।’ 

नामकै कारण परिवार र समाजमा नै अपमानित हुनु परेको र जातकै कारण अपमान गरी नाम लेखिएको पीडितको गुनासो छ। सदनमा नै कुरा उठेपछि गृह मन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी मानिसको नाम र नागरिकता जारी नगरिने जनाएको थियो। त्यस्ता अपमानजनक नाम र थर राखी जारी भएका नागरिकता सम्बन्धित व्यक्तिले सच्याउन पाउने मन्त्रालयले जनाएको थियो। आवश्यक प्रक्रिया पुर्याई सच्याउन साउन २३ गते गृह मन्त्रालयले सबै जिल्लालाई निर्देशन दिएको थियो। 

त्यही निर्देशनको आधारमा दैलेखका कुकुरे कामीले कविराम नाम राखी नागरिकता प्रतिलिपि पाउँ भनी साउन २४ गते निवेदन दिएको एक हप्ता भएको छ। तर अहिलेसम्म उनले नागरिकता नपाएको परियारले जनाइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘तर २९ गते आवश्यक प्रक्रिया पुर्याइ ठगे कामीको सट्टा कर्ण बहादुर कामीले दैलेखको जिल्ला प्रशासन जाँदा त्यहाँका प्रमुख जिल्ला अधिकारीले अपमान र दुर्व्यवहार गरेका छन्। अधिकारीले उनको निवेदन च्यात्नुका साथै भरेको नागरिकताको फाराम काम नलाग्ने गरी डटपेनले केरमेट गरेर पठाएका छन्’ उनले थपिन् ‘यो लोकतन्त्रमाथिको भद्दा मजाक हो।’

उनले प्रजिअले आफूलाई कानुनभन्दा माथि राखेर जातीय दम्भ देखाएको बताएकी छन्। गृह मन्त्रालयले नै दिएको निर्देशन प्रजिअले नमान्ने कुन कानुन अन्तर्गतका शासक हुन भनेर उनले प्रश्न उठाइन्। परियारले यसरी नागरिकता सच्याउन नदिनेलाई छिटोभन्दा छिटो कारबाही गर्न माग गरिन्।

मैले च्यातेको हैन, प्रशासकीय अधिकृतले हो : प्रजिअ प्याकुरेल
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भने आफुले कुनै पनि निवेदन नच्यातेको बताए। प्रशासकीय अधिकृतले केहि प्रकृया नपुगेकाले उनकै सहमतिमा पत्रको छेउ च्यातेको उनले बताए। 

‘हिजो  एक जना ठगे कामी आएका थिए। उनको कागजमा हाम्रो प्रशासकीय अधिकृतले तोक लगाउनु भएको रहेछ,’ उनले भने ‘पत्रमा केहि नपुगेकाले तोक लगाएको ठाँउ च्यातेर राख्नु भएको रहेछ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नागरिकतामा ठगे नाम भएको व्यक्तिलाई आफुले ‘ठ’ शब्दबाट नै उच्चारण हुने नाम राख्दा सहज हुने राय दिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए। डकुमेन्टेसन राम्रोसँग गरेर ल्याउनको लागि रातो लगाएको पनि उनले बताए।

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  २१:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्