• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गगन परिकल्पनाको स्वास्थ्य प्रवर्द्धन केन्द्र : घर-घरमै स्वास्थ्य सेवादेखि नागरिकको स्वास्थ्य प्रोफाइलसम्म

64x64
नेपाल लाइभ शनिबार, साउन २८, २०७९  २१:१२
1140x725

काठमाडौं - काठमाडौंको ज्ञानेश्वर ओरालो छेउमै एउटा गल्ली छ। गल्ली छिर्नेबित्तिकै दाहिनेतर्फ सेतो भवनमा ठूला अक्षरले लेखिएको छ, ‘शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र।’

मानव स्वास्थ्यको सहकार्यमा काठमाडौं महानगरपालिका वडा नं ३० द्वारा सञ्चालित हो, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र। यो केन्द्रबाट प्राथमिक स्वास्थ्य सेवा नियमित रुपमा सञ्चालन भएको चार महिना भयो। तर प्रयास आजभन्दा ६ वर्ष पहिले देखिको हो। 

यो प्रयासको सुरुवात गर्ने व्यक्ति हुन् नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा। 

२०७३ सालमा थापा स्वास्थ्यमन्त्री हुँदा श्रीलंका पुगेका थिए। सो क्रममा श्रीलंकाले सञ्चालन गरेको शहरकेन्द्रित सामुदायिक स्वास्थ्य केन्द्रको अवलोकनपछि उनले नेपालमा पनि यस किसिमको केन्द्रको सपना बुने र प्रत्येक वडामा स्थापना गर्ने अठोट लिए। साथै उनले भारतको नयाँदिल्लीमा चलिरहेको मोहल्ला क्लिनिकका विषयमा पनि अध्ययन गरे।

त्यसपछि उनले त्यस्तै केन्द्रको परिकल्पना गर्दै काम अगाडि बढाएका हुन्। उनले आफ्नो सपना र अठोट पुरा गर्न स्वास्थ्यमन्त्री भएको समयमा ‘शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन निर्देशिका’ बनाए। 

२०७३ साल चैतमै काठमाडौं महानगरपालिकासँग ११ स्थान र बुढानीलकण्ठ नगरमा एक शहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्ने सम्झौता भयो। 

काठमाडौं वडा नं ७ बाट सेवा सुरु त भयो तर निरन्तरता भने पाउन सकेन। सरकार परिवर्तनसँगै गगनको परिकल्पनामा अगाडि बढेको शहरी स्वास्थ्य केन्द्रलाई निरन्तरता दिन धेरैले चासो दिएनन्। तर गगनले भने उक्त कामलाई जसरी पनि अगाडि बढाउन निरन्तर प्रयास जारी राखे। 

अन्ततः उनले काठमाडौं वडा नम्बर ३० का अध्यक्षको साथ पाए र सुरु भयो ज्ञानेश्वरमा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र। यो केन्द्रबाट प्राथमिक स्वास्थ्य सेवा नियमित रुपमा सञ्चालन भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

करिब ३२ हजार स्थायी गरी एक लाखभन्दा बढी जनसंख्याको बसोबास रहेको वडा नं ३० को बासिन्दाले अहिले आधारभूत प्राथमिक सेवा घर छेउमै सहजै पाउन सक्छन्।

विशेषज्ञ चिकित्सकसहितको उपचारात्मक सेवा मात्र होइन केन्द्रबाट फिजियोथेरापी, प्रयोगशाला लगायतका सेवासँगै रोग लाग्नै नदिने विषय सहित जनस्वास्थ्यका अन्य सेवाहरु पनि सहज रुपमा पाइने थापाले जानकारी दिए। सार्वजनिक स्वास्थ्य सञ्जालको कमजोर अवस्थाका कारण प्रत्येक वडामा शहर केन्द्रित प्राथमिक स्वास्थ्य सेवा आवश्यक भएको थापा बताउँछन्। 

उनी भन्छन्, ‘बढ्दो शहरीकरण छ। तर स्वास्थ्य प्रणाली कमजोर छ। निजी अस्पताल र ल्याब जताततै छन्। तर प्राथमिक स्वास्थ्य सेवा केन्द्र भने छैन।’

नसर्ने रोगहरुको बढ्दो जोखिम, सार्वजनिक र निजी अस्पतालहरुको उच्च घनत्व तर महँगो उपचार भएकाले यो सेवा आवश्यक भएको थापाले बताए। अस्पताल बनाउनु मात्र नभई स्वास्थ्य प्रणालीमा सुधार गर्न आवश्यक भएको उनले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘जुनै सरकार आएपनि अस्पताल बनाउन तर्फ मात्र ध्यान गएको छ। आधारभूत र वडा तहमा यस किसिमको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बनाउनुपर्छ’, उनले भने, ‘रोगको निदान र रोकथाममा सरकारले काम गरेन भने स्वास्थ्यमा आर्थिक भार बढ्छ।’

health center16604025981660404699.jpg

सरकारी कार्यक्रम कार्यान्वयनदेखि निःशुल्क औषधि प्रदान
यो केन्द्रबाट उपचारात्मक, सामुदायिक स्वास्थ्य सेवा र स्वास्थ्य प्रवर्द्धनदेखि घर–घरमै स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ। 

सरकारी प्राथमिकतामा परेका नियमित कार्यक्रमहरुको कार्यान्वयन पनि यो केन्द्रबाट भइरहेको छ। सुरक्षित मातृत्व कार्यक्रमसँगै खोप सेवा पनि उपलब्ध छन्। 

एमडिजिपी चिकित्सकद्धारा नियमित रुपमा ओपिडी परामर्श, स्त्रीरोग, बाल रोग, हाडजोर्नी, छाला, नाक कान घाँटी, सामान्य चिकित्सा, आयुर्वेदक चिकित्सा जस्ता विशेषज्ञ परामर्श सेवा यो केन्द्रमा लिन सकिन्छ। एक्सरे, इसिजी, फिजियो थेरापी, मानिसक स्वास्थ्य परामर्श सहित फार्मेसी सेवालाई पनि यो केन्द्रले प्राथमिकतामा राखेको छ। 

सरकारले तोके बमोजिम स्थानीय स्वास्थ्य संस्था मार्फत महानगरपालिकाले निःशुल्क उपलब्ध गराउने औषधिहरु निःशुल्क प्रदान गरिने थापाले जानकारी दिए। नि:शुल्कको सूचीमा नपरेका अन्य औषधिहरु बजार मूल्यभन्दा निकै कममा २० देखि ३० प्रतिशत छुटमा केन्द्रभित्रै सञ्चालित फार्मेसी मार्फत पनि उपलब्ध हुने उनले जानकारी दिए।

यसका साथै केन्द्रमा वीर अस्पतालमा भन्दा कम शुल्कमा फिजियोथेरपी सेवादेखि टेकुस्थितर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकै शुल्कमा प्रयोगशाला परीक्षण पनि हुने थापा बताउँछन्।

स्वास्थ्य सेवा घर–घरमै 
वडा नं ३० मा बसोबास गर्ने घर परिवार र व्यक्तिहरुको घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी संकलनमा हाल यो केन्द्र जुटिरहेको छ। हालसम्म करिब १० हजार जनाको स्वास्थ्य संकलन भइसकेको छ। 

‘यो वडामा रहेका प्रत्येक नागरिकको स्वास्थ्य जानकारी हामीले संकलन गरिरहेका छौँ। कसलाई कुन खालको समस्या छ? यो वडामा कुन स्वास्थ्य समस्या बढी छन् भन्ने कुराहरु हामीले जानकारीमा राख्छौं। जसले स्वास्थ्य सेवा प्रवाह गर्न सहज बनोस्’ थापाले भने।

जानकारी लिइएको रोगको आधारमा विशेष समूहका मानिसहरुको घरदैलौमा पुगेर निरन्तर हेरचाह गर्ने, ड्रेसिङ, नमूना संकलन, औषधिको डेलिभरी जस्ता सेवा घरमै प्रदान गरिने, मधुमेह, उच्च रक्तचाप आदि समस्या पहिचान भएका व्यक्तिहरुको घरमै पुगेर परामर्श र आवश्यक हेरचाह गर्ने पनि केन्द्रको प्राथमिकतामा पर्दछ। 

यस किसिमको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको महत्व भएकाले नगरपालिकाले नै अपनत्व लिएर अघि बढ्नुपर्ने थापाको भनाई छ। 

समुदायमा स्वास्थ्य र प्रवर्धन कार्यक्रम
केन्द्रबाट स्वास्थ्य सेवाको विस्तारित अवधारणा अन्तर्गत समुदायमा स्वास्थ्य र स्वास्थ्य प्रवर्धन कार्यक्रम पनि सञ्चालनमा छ। जसअन्तर्गत बालबालिकाकाको स्वास्थ्य अवस्था पहिचानसँगै स्वास्थ्य चेतना जगाउन विद्यालय स्वास्थ्य सचेतना कार्यक्रम, सफा पानी र सरसफाई कार्यक्रम, खाद्य गुणस्तर निरीक्षण कार्यक्रम, टोल र समुदायमा स्वस्थ जीवनशैली, स्वास्थ्य जाँच र परामर्श, टोल टोलमा पुगेर जनस्वास्थ्य मेला लगायतका कार्यक्रम गर्दै आइरहेको थापाले जानकारी दिए।

वडा नम्बर ३० मा १६७ वटा भोजनालय तथा खाजा, खाना खुवाउने रेष्टुरेन्टहरु रहेको र ती सबैमा पुगेर जनस्वास्थ्यका दृष्टिकोणले खानेकुरा कस्तो हुनुपर्छ, सरसफाई लगायतका विषयमा तालिम दिइने पनि थापाले बताए।

वडामा सरकारी र निजी गरेर १० वटा विद्यालय रहेको र ती सबै विद्यालयमा पुगेर बालबालिकाको स्वास्थ्य जाँचदेखि सचेतना कार्यक्रम पनि नियमित रुपमा चलाइने थापाले जानकारी दिए।

वडाका नागरिकलाई फिटनेस तथा प्राथमिक उपचार लगायतका विषयमा जानकारी दिन हरेक शनिबार कक्षा समेत सञ्चालन हुने थापा बताउँछन्।

सबै स्थानीय तहमा हुनुपर्छ यस्ता केन्द्र 
थापा यस्तो स्वास्थ्य केन्द्र देशका सबै स्थानीय तहका वडाहरुमा हुनुपर्ने बताउँछन्। 'वडाहरुको आवश्यकता, सेवाग्राही जनसंख्या, भौगोलिक अवस्था लगातका कुराहरुका आधारमा यस्ता केन्द्रहरु सञ्चालनमा ल्याउनुपर्छ,' थापाले भने, 'स्थानीय तहले यस्ता केन्द्रमा लगानी गर्ने हो भने हरेक नागरिकको स्वास्थ्य प्रोफाइल तयार हुने र समयमा नै ठूला रोगको पहिचान हुनेदेखि उपचार लगायतका काम अगाडि बढ्ने हुँदा भविष्यमा गर्नुपर्ने ठूलो रकम जोगाउन सकिन्छ।'

थापाका प्रमुख सल्लाहकार प्रताप पौडेल स्थानीय तहमा संविधानले आधारभूत स्वास्थ्यको जुन अधिकार दिएको छ त्यसको कार्यान्वन गर्दै नागरिकको स्वास्थ्यमा काम गर्न यस्तो केन्द्र नमुना बन्न सक्ने बताउँछन्।

'स्वास्थ्यका विषयमा कुरा गर्दा जनप्रतिनिधिहरुले ठूला अस्पताल र संरचनाको कुरा गर्छन्,' उनले भने, 'तर वडा स्तरमा अहिलेको अवश्यकता भनेको नै यस्ता प्रवर्धन केन्द्रको हो।'

केन्द्रको अवलोकनपछि वरिष्ठ हार्ट सर्जन डाक्टर भगवान कोइरालाले जनप्रतिनिधिहरुले वडा नम्बर ३० को यो केन्द्रलाई नमुनाका रुपमा लिएर अगाडि बढ्न सक्ने बताए। 'अहिलेको आवश्यकता नै यस्ता केन्द्र हो। अहिले झट्टा हेर्दा केन्द्रले गरेको कामको नतिजा तत्कालै नदेखिन सक्छ। तर यसले १० वर्षपछि स्वास्थ्य क्षेत्रमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्छ।'

थापाका अनुसार वडा नम्बर ३० को उक्त केन्द्र सञ्चालन गर्न अहिले मासिक करिब १० लाख खर्च भइरहेको छ। यदी अन्य वडाहरुमा पनि यस्तै केन्द्र खुल्दै जाने हो भने वडाहरुसँगको सहकार्यमा आवश्यकताको पहिचान गर्दै प्रयोगशाला लगायतका विषयमा संयुक्त रुपमा अगाडि बढ्दा खर्च घट्न सक्छ। 

केन्द्रमा हाल एमडीजीपी डा आरती शाहले नेतृत्व गरेकी छन्। यसका साथै एक जना एमपीएच गरेका जनस्वास्थ्यकर्मी, तीन जना नर्स, एक जना अनमी, दुई जना ल्याब टेक्नोलोजिष्ट, एक जना फिजियोथेरापिष्ट, एक जना रेडियोग्राफर, एक जना एचए आर्युवेद, फार्मासिस्ट एक जना कार्यरत छन्। यसका साथै २१ जना विशेषज्ञ भिजिटिङ डाक्टरहरु पनि सक्रिय छन्।

केन्द्रले गरिरहेका कामका विषयमा जानकारी दिन र विज्ञहरुसँग सुझाव लिन थापाले शनिबार केन्द्रमा एक कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रममा पुगेका अधिकांशले केन्द्रको कामको प्रशंसा गरेका थिए। सो क्रममा धेरैले केन्द्रबाट प्रवाह भइरहेको सेवाहरुले भारतको नयाँ दिल्लीमा रहेको मोहल्ला क्लिनिक र श्रीलंकाको स्वास्थ्य केन्द्रकै झल्को दिइरहेको भन्दै थापालाई अगाडि बढ्न सुझाव दिए।

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  २१:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी
सम्बन्धित सामग्री
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा विश्वभर ‘पिस डग’ अर्थात् शान्तिको प्रतीकका रूपमा चर्चित कुकुर ‘अलोका’ नेपाल आइपुगेको छ। अलोका थाइल्यान्डबाट बौद्ध भिक्षुहरूसँगै हालै... बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) समयमै बेली ब्रिज निर्माण सम्पन्न नहुँदा यात्रुहरूले तुइन र जिपलाइनको सहारा लिनुपरेको छ। सिमुटारबाट गुम्बाडाँडासम्म तुइनको यात्रा गर्... बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्