कर्णाली–कर्णाली प्रदेश प्रमुख तिलक परियारले चार वटा विधेयक प्रमाणीकरण गरेका छन्। कर्णाली प्रदेश सचिवालयले शुक्रबार एक सूचना टाँस गर्दै प्रदेशसभाबाट विभिन्न मितिमा पारित भएका चार विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेको जनाएको छ।
‘प्रदेशसभा सचिवालयसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९,’ ‘मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा सर्तसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९’ प्रमाणीकरण गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।
त्यस्तै ‘प्रदेश लोकसेवा आयोगको पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त तथा सुविधासम्बन्धी ऐन, २०७९’ र ‘प्रदेश लोकसेवा आयोग (दोस्रो संशोधन ऐन), २०७९’ प्रमाणीकरण गरिएको उनले बताए। तीसँगै कर्णालीमा प्रमाणीकरण भएका विधेयकको सङ्ख्या ४० पुगेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।