काठमाडौं– यौनिक अल्पसंख्यकहरुले सांस्कृतिक पर्व गाइजात्राको अवसरलाई ‘फरक’ तरिकाले उपयोग गरेका छन्।
शुक्रबार गाइजात्राको अवसर पारेर यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु काठमाडौंको टुँडेखेलमा उपस्थित भए।
आफूहरुलाई समुदायलाई हेर्ने नजर, आफ्नो पहिचान लुकाउन गर्नु परेको संघर्ष र समाजमा आफ्नो अधिकारका निम्ति जहिल्यै संघर्ष गर्दै आएका उनीहरुले शुक्रबार ‘प्राइड कन्सर्ट’ आयोजना गरेका थिए।
ब्लु डाइमन्ड सोसाइटी (निलहीरा समाज)ले आयोजना गरेको उक्त कन्सर्टमा प्रवेश नि:शुल्क गरिएको थियो।
लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरु विभिन्न जातजाति र परम्परागत भेषभूषामा सजिएर टुँडिखेल पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।