झापा– झापा र ताप्लेजुङको २ फरक–फरक स्थानहरुमा पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु भएको छ।
बिहीबार बेलुका ४ बजे झापा शिवसताक्षी नगरपालिका-९ आइतबारे बस्ने सुस्मा सुन्दासकी ११ वर्षीया छोरी एन्जिला सुन्दास र सोही स्थान बस्ने धुर्व राईको १२ वर्षीय छोरा सिकुम राई स्कुलबाट घर फर्किँदै गर्दा कन्काई सिँचाई नहरमा पौडी खेल्न गएकोमा बेपत्ता भएका थिए।
बेपत्ता भएको खबर पाउनासाथ अस्थाई प्रहरी चौकी माइधार र ईलाका प्रहरी कार्यालय झीलझिलेबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा सताक्षी खोलामा उनीहरु दुवै जनालाई मृत अवस्थामा फेला पारेको थियो।
त्यस्तै बिहीबार बेलुका सोही समयमा ताप्लेजुङ पाथिभरा याङबरक गाँउपालिका-४ डुम्रिसे बस्ने २१ वर्षीय रोशन तामाङ याङबरक-४ स्थितमा रहेको सिवानी हाइड्रो पावरमा लैजानका लागि जम्मा गरेको पानीको ड्याम (इनटेक) मा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।