काठमाडौं– बिहीबारबाट सिनेमा हलमा दुई हिन्दी फिल्म प्रदर्शनमा आएका छन्। बलिउड अभिनेता आमिर खानको ‘लालसिंह चड्डा’ र अक्षय कुमारको ‘रक्षा बन्धन’ प्रदर्शनमा आएका हुन्।
आमिरको ‘लालसिंह चड्डा’ बहुप्रतिक्षित फिल्म हो। सन् १९९४ को फिल्म ‘फरेस्ट गम्प’माथि आधारित यो फिल्मलाई अद्भैत चन्दनले निर्देशन गरेका हुन्। फिल्ममा आमिरसँगै करिना कपुर, नागा चैतन्य, मोनासिंह लगायतका कलाकारको अभिनय रहेको छ।
त्यस्तै, बिहीबारदेखि नै प्रदर्शनमा आएको अक्षयको ‘रक्षा बन्धन’ दाजुबहिनीको सम्बन्धको बारेमा रहेको फिल्म हो।
आनन्द एल रायले निर्देशन गरेको फिलमलाई हिमांशु शर्मा र कनिका ढिल्लोनको लेखनमा बनेको फिल्म हो। फिल्ममा अक्षयसँगै सदिया, भुमि पेडनेकर, दीपिका खन्नालगायतको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।