काठमाडौं– गत वर्ष निकै चलेको तीज गीत ‘चरी जेलैमा’को सिक्वेलको रुपमा ‘चरि जेलैमा २’ सार्वजनिक भएको छ। गायिका विष्णु माझीको स्वरमा उक्त गीत बुधबार सार्वजनिक भएको हो।
गत वर्ष सार्वजनिक भएको ‘चरी जेलैमा’ तीजको छेकोमा सार्वजनिक भएतापनि लामो समयसम्म चर्चामा रहेको गीत थियो। दर्शकस्रोताले उक्त गीतले गायिका विष्णु माझीको वास्तविक जीवनको कथा भनेको भन्नेसम्मका आकंलन गरेका थिए भने गायिका माझीका श्रीमान सुन्दरमनि अधिकारीले प्रहरीकहाँ गएर उनको अवस्थाबारे जानकारी दिनु समेत परेको थियो।
सोही चर्चित गीतको सिक्वेल ‘चरी जेलैमा २’ यो वर्षको तीज विशेष गीतका रुपमा सार्वजनिक भएको छ। गायिका माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत अधिकारीले दिएका छन् भने कोरसमा महिमा आचार्य रहेकी छिन्।
सार्वजनिक गीतमा पुरानै लय, संगीत र धुन रहेको छ। गीतका अधिकांश शब्ददेखि भिडियोको शैलीसमेत गत वर्ष सार्वजनिक भएको ‘चरी जेलैमा’कै भएपनि केही शब्दहरु भने फरक रहेका छन्।
गीतमा ललिता पौडेलले अभिनय गरेकी छिन् भने यसलाई शम्भु चालिसेले खिचेका छन्। गीतको भिडियोको निर्देशन पनि अधिकारीलले नै गरेका हुन्।
हेर्नुहोस गीत :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।