• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

फुटपाथ तरकारी व्यवसायीको सकस : सटर लिन पैसा छैन, फुटपाथमा महानगरले बस्न दिँदैन

64x64
कल्पना घिमिरे बिहीबार, साउन २६, २०७९  १०:०५
1140x725

काठमाडौं– सोमबार साँझ मैतिदेवीदेखि सेतोपुलतर्फ जाने सडकको दायाँतर्फ फुटपाथमा तरकारी व्यापारीको निकै ठूलो मेला लागेको थियो। कसैले फुटपाथ पूरै ओगट्ने गरी तरकारी राखेर बेचिरहेका थिए।

कसैले थोरै मान्छे हिँड्न बाटो राखेर बेच्दै गरेको देखिन्थे। ‘काउली सस्तो– सस्तो’ चर्को आवाजमा कराउँदै थिए। कोही तरकारी किनिरहेका थिए त कोही फुटपाथमा ठेलमठेल गर्दै हिँडिरहेका थिए। 

यहाँ दैनिकजसो यस्तै भीड हुन्छ। धेरै पहिलेदेखि नै फुटपाथमा तरकारी व्यापार भइरहेको छ। यहाँ वरिपरि कतै व्यवस्थित तरकारी बजार छैनन्। ज्ञानेश्वर, रातोपुल, घट्टेकुलोदेखि ग्राहकहरु तरकारी यहिँ आइपुग्छन्। 

फुटपाथको एकछेउमा एकमिटर जति लामो प्लास्टिक विच्छ्याएर हरियो भटमास, टमाटर र थोरै कागती राखिएको थियो। क्यारेट घोप्ट्याइएको थियो। क्यारेटमाथि रायोको साग, फर्सिको मुन्टा, कर्कलो राखेर एउटी महिला बेचिरहेकी थिइन्।

ती हुन् काभ्रे पनौतीकी ४७ वर्षीय तारादेवी कुँवर। उनी विगत पाँच वर्षदेखि यही फुटपाथमा तरकारी बेच्दै आएकी छन्। बिहान सबेरै उठेर तरकारी लिन तिनकुने लाग्छिन्। तीनकुनेको तरकारी बजारबाट होलसेल मूल्यमा तरकारी ल्याउँछिन्। बिहान ६ बजे आएर महानगरका प्रहरी नआएका बेला दाउ छोेप्छिन्। 

साँझ पनि ६ बजे महानगर प्रहरीसँग भागदौड गर्दै बेच्छिन्। ‘पहिला धेरै बिक्थ्यो। तरकारी बेचेर नै दिनमा १५ सयदेखि दुई हजारसम्म कमाई गर्थेँ। अहिले एकैछिनमा नगरपालिकाको प्रहरी आउँछ। धेरै समय बेच्न दिँदैन। त्यति धेरै कमाइ नै छैन,’ उनले भनिन्। 

तारा एक्लै छैनन्। घरमा उनकी बुढी आमा पनि छन्। फुटपाथमा तरकारी नबेचे उनको छाक टर्दैन। ‘जीविकोपार्जन गर्ने अरु कुनै बाटो छैन। तरकारी नबेचे मैले आमालाई भोको राख्न पर्छ’, उनले भनिन्।

उनी थप्छिन्, ‘अन्त ठाउँ नभएर यहाँ फुटपाथमा बेचिरहेकी छु। व्यवस्थित तरकारी बजारको लागि स्टलहरु बन्दैछन्। तर, त्यहाँ हामीलाई लास्टै महंगो छ। एउटा स्टलको भाडा महिनामा सात हजार बुझाउनुपर्छ। स्टल सानो छ। त्यसमा तीन आइटम पनि अट्छ कि अट्दैन, त्यहि पनि पहिला ३० हजार तिरेर किन्नु पर्ने रे! स्टलमा राखेपछि अरु नयाँ फुटपाथमा आएर बेच्न थाले भने फेरि व्यापार नभएर हामी फुटपाथमै आउन पर्ने पो हो कि।’

Ncell 2
Ncell 2
nimb
nimb

अहिले महानगरले फुटपाथमा तरकारी बेच्न नदिने भनेको छ। त्यहाँको फुटपाथलाई व्यवस्थित गर्न तरकारी बजार व्यक्तिगत रुपमा स्टल खोलि भाडामा लगाइएका छन्। ताराले पनि त्यहि फुटपाथ नजिकै खुल्न लागेको तरकारी बजारभित्र स्टल लिएकी छन्। आउँदो भदौ एक गतेबाट स्टलमा राखेर बेच्ने उनले बताइन्।

अर्का व्यापारी ४६ वर्षीया सिन्धुपाल्चोककी ईश्वरी खत्री ढुङ्गेल हुन्। उनी विगत १० वर्षदेखि फुटपाथमा तरकारी बेच्दै आएकी छन्। उनले  तिनकुनेबाट होलसेल मूल्यमा तरकारी किनेर ल्याउँछिन्। बिहान ६ बजे देखि ८ बजेसम्म तरकारी बेच्छिन्।

‘आफूलाई अलिकति फाइदा राखेर बेच्छु। दिनमा सात सयदेखि एक हजारसम्म कमाइ हुन्छ। दुईजना छोरालाई पढाउनै पर्‍यो। कोठा भाडा महंगो छ श्रीमानको कमाइ पनि धेरै छैन,’ उनले भनिन्।

दिउँसो पुतलीसडकमा त्रिवेणी कम्प्लेक्सकमा चिया पकाउने काम गर्छिन्। चिया पकाएबापत उनले मासिक पन्ध्र हजार कमाइ गर्छिन्। साँझ ६ बजेदेखि  तरकारी बेच्छिन्।

ईश्वरीका दुवै छोरा स्नातक तहमा पढ्दैछन्। श्रीमान् त्यहि फुटपाथ अगाडि फर्निचर पसलमा काम गर्छन्। ‘नगरपालिकाले एक्छिन् राख्न दिँदैन। जतिखेर पनि लखेटिहाल्छ। नगरपालिका प्रहरी आए भने त्यहि श्रीमानकोे अफिसमा लगेर लुकाउने गर्छु,’ उनले भनिन्।,
 
दोलखाकी एलिना खत्री पनि एक वर्ष पहिलादेखि मैतीदेवीको फुटपाथमा तरकारी बेच्न थालेकी हुन्। उनले पहला अरुको घरको काम गर्थिन्। कोरोनाको दोस्रो लहरको बेला उनी कामबाट निकालिइन्। गरिखाने बाटो हरायो। त्यसपछि उनले फुटपाथ तरकारी व्यापार गर्न थालेको बताइन्।

एलिना एक्लै छैनन्। उनका श्रीमान् र तीन जना साना छोरी पनि छन्। छोरीलाई स्कुल हालेकी छन्। यहि फुटपाथको व्यापारले उनको घर धानेको छ। 

‘नगरपलिकाले बेला–बेला लखेटिरहन्छ। अब त यहाँ राख्न पनि नदिने रे। स्टल लिनुपर्ने भन्छन्। ३० हजार तिरेर म त लिन सक्दिनँ। तीस हजार भाको भए त सटर लिन्थेँ। श्रीमान्‌को पनि केहि काम छैन। तरकारी बेचेर दिनमा १२ देखि १५ सयसम्म कमाइ हुन्छ। यहि तरकारीले घर व्यवहार   धानेको छ,’ उनले भनिन्।

डडेल्धुराकी भावना पाण्डे विगत ७ वर्षदेखि मैतीदेवीको फुटपाथमा तरकारी किन्दै आएकी छन्। उनी घट्टेकुलोमा डेरा गरेर बस्छिन्। उनी भन्छिन्, ‘घट्टेकुलोतिर तरकारी पसलहरु छैनन्। किराना पसलमा पाइने तरकारी सडेका हुन्छन्। आफूलाई किन्न मन लागेका तरकारी रोजेर किन्न पाइँदैन। यहाँ रोजीरोजी पाइँन्छ त्यसैले आउँछु।’

रातोपुल बस्दै आएकी तारा क्षेत्री तरकारी किन्न रातो पुलदेखि हिँडेरै तरकारी किन्न मैतिदेवी आइपुग्छिन्। उनको नजिकमा कुनै तरकारी बजार नभएकाले यहाँसम्म आउन परेको उनी बताउँछिन्।

यस्तै रामेछापकी मैयाँ खड्का ३० वर्षदेखिको अनुभव सुनाउँछिन्। ‘यहाँ बसेको पनि ३० वर्ष भयो, तरकारी किनेको पनि उत्ति नै भो। अरु तरकारी बजार नै छैन। खाली बाहिर राखेर बेच्छन्। अहिले नगरपालिकाले लखेट्ने भएर मात्र, नभए पाइला टेक्ने ठाउँ हुने थिएन।’ 

मैतीदेवीकी ६४ वर्षीय मीना अधिकारी भन्छिन्, ‘यहाँ फुटपाथमा व्यापार गर्नेलाई सरकारले व्यवस्थित स्थान देखाइदिए हुने। बाटोमा व्यापार राख्नाले हिँड्नलाई निकै गाह्रो भाको छ। हामीलाई त यस्तो गाह्रो छ। झन् बुढाबुढी मान्छेलाई हिँड्न कति गाह्रो भाको होला?’
 

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
डोल्पामा मरिम नाकामा छोङ्ग्रा मेला सञ्चालन भएन, सीमावर्ती बासिन्दा चिन्तित गत वर्ष नियमित रूपमा सञ्चालन भएको मेला यस वर्ष नखुलेपछि उपल्लो डोल्पाका स्थानीयवासी खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभ... सोमबार, असोज ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... सोमबार, असोज ५, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरलाई आवश्यक पुनर्निर्माण तथा व्यवस्थापनको काम पूरा गरी पुनः सञ्चालनमा ल्याउ... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
कार्टुन सोमबार, असोज ५, २०८३
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति सोमबार, असोज ५, २०८३
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्