काठमाडौं– केही समयअघि एक म्यागजिनका लागि ‘न्युड’ फोटोसुट गराएका बलिउड अभिनेता रणविर सिंह समस्यामा पर्ने देखिएको छ। उक्त तस्बिरका कारण उनीविरुद्ध विभिन्न ठाउँमा मुद्दा तथा उजुरी परेसँगै उनी समस्यामा फसिरहेको देखिएको हो।
केही समयअघि रणविरका यी तस्बिरहरुलाई लिएर कलकत्ताको उच्च अदालतमा एफआईआर दर्ता भएको थियो। हाल भने अदालतमा रणविरविरुद्ध ‘पब्लिक इन्टरेस्ट लिटिगेशन (पीआईएल)’ दर्ता भएको छ।
अदालत स्रोतले भारतीय सञ्चारमाध्यमसँग बताएअनुसार रणविरको उक्त तस्बिर छापिएका म्यागजिनलाई जफत गर्नुपर्ने माग उजुरीमा दिइएको छ। उजुरीकर्ताकाअनुसार यो मुद्दामा रणविरमाथि आवश्यक अनुसन्धान गर्दै फोटो छापिएको म्यागजिनलाई जफत गर्नुपर्ने र वेबसाइटलाई पनि प्रतिबन्ध लगाउन माग गरिएको छ। भारतको पश्चिम बंगाल राज्यमा उक्त वेबसाइटलाई प्रतिबन्ध गर्न माग गरिउको छ।
रणविरमाथि न्युड फोटोसुट गरेको विषयमा मुम्बईमा पनि उजुरी दर्ता भएको छ। भारतमा सक्रिय रहेको एक गैरसरकारी संस्थाका अधिकारी ललित श्यामले उनीविरुद्ध उजुरी दिएका छन्।
रणविरविरुद्ध विभिन्न ठाउँमा परेको मुद्दामा आवश्यक सुनुवाइ हुँदा उनी दोषी भएको पाइएमा पाँच वर्ष सजाय हुनसक्ने देखिएको छ। रणविरविरुद्ध लगाइएका विभिन्न आरोपहरुका आधारमा उनीविरुद्ध पाँच वर्षको सजाय हुनसक्ने देखिएको हो।
एकातिर सामाजिक सञ्जाल प्रयोगकर्ता तथा अधिकारकर्मीहरुले रणविरको यो कदमको विरोध र कानुनी कारबाहीको माग गरिरहँदा कलाकारिता क्षेत्रमा भने उनको समर्थन बढेके छ। उनलाई पत्नी दिपिका पादुकोणसँगै अन्य कलाकार आलिया भट्ट, मसाबा गुप्ता, अर्जुन कपुर, राम गोपाल बर्मालगायतले समर्थन गरेका छन्।
रणविरले केही साताअघि ‘पेपर म्यागजिन’ नामक एक अन्तर्राष्ट्रिय पत्रिकाका लागि न्युड फोटोसुट गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।